सोमबार, माघ ३ २०७८ ०९:५७ PM

×

नबिल बैंकको साधारणसभा सम्पन्न, ३८ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी साढे १८ अर्ब 

images

काठमाडौं । नबिल बैंकको ३७ औं वार्षिक साधारणसभा शुक्रबार राजधानीमा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई  ३८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । जसअनुसार बैंकले ३३.६ प्रतिशत वोनस सेयर र ४.४ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

गत आर्थिक वर्षमा निजी क्षेत्रका बैंकहरुमध्ये सबैभन्दा धेरै ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले जेथामा प्रतिफल १५.१९ र प्रति सेयर आम्दानी ३३.५७ प्रतिशत हासिल गरी आप्mनो वासलात विस्तार गर्दै २ खर्ब ९१ अर्ब रुपैयाँ पुर्याएको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पुँजी बढेर १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुगेको छ ।

साधारण सभामा  मन्तव्य राख्दै अध्यक्ष उपेन्द्र पौडेलले नबिलले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएको बताए ।

देशको ठुलोसँगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा नबिल केन्द्रित रहेको उनको भनाई थियो । बैंकले स्थापनाकाल देखि हालसम्म १६ अर्ब रुपैयाँ भन्दा बढी राजश्वमा योगदान गरिसकेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।

नबिल बैंकले १३५ वटा शाखाहरु, १८७ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरिरहेको छ ।
 

शुक्रबार​ ३० पुस २०७८ ०७:३४ PM मा प्रकाशित

प्रतिक्रिया