×

नबिल–एनबी सर्वोच्चमा, मर्ज रोक्न अन्तरिम आदेश आउला ?

images

काठमाडौं । मर्जर प्रक्रियामा रहेका नबिल बैंक र नेपाल बंगलादेश बैंक यतिबेला सर्वोच्च अदालतमा छन् । 

गत साता अदालतले मर्ज प्रक्रिया तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिक आदेश दिएर दुवै पक्षलाई जेठ ३ मा छलफलका लागि अदालत बोलाएको थियो । दुवै बैंकका प्रतिनिधि कानुन व्यवसायीसहित सर्वोच्च पुगेका हुन् । 

सर्वोच्चका न्यायाधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले दिवेश्वरी इन्भेस्टमेन्ट प्रालि तथा नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेस्टमेन्ट कम्पनीले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाइ गर्दै मर्जर एक्विजिसन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

साथै सर्वोच्चले जेठ ३ गते अल्पकालीन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा जवाफ दिन बोलाएको हो । नबिल बैंक र एनबी बैंकले भने जेठ ७ गते एक्विजिसनका लागि विशेष साधारणसभा बोलाएका छन् ।
 

मङ्गलबार ३ जेठ २०७९ १२:५८ PM मा प्रकाशित

प्रतिक्रिया