×

खातामा पैसा नभई सेन्चुरी बैंककाे ४२ लाखकाे चेक काट्ने  निरज बुढाथोकी जेल चलान 

images

काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा ८ दिन कैद र  ४२ लाख रूपैयाँ जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र  ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जको टोलीले मंगलबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

रामेछापको मन्थली नगरपालिका–७ घर भई हाल काठमाडौं-१० बस्ने ३९ वर्षीय बुढाथोकीले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी–जानी झुक्यानमा पारी पीडितलाई सेन्चुरी बैंकको चेक दिएका थिए । फैसला कार्यान्वयनका लागि बुढाथोकीलाई आजै सम्मानित जिल्ला अदालत काठमाडौंमा पेस गरिने ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

बुधबार १ भदौ २०७९ ०३:३० PM मा प्रकाशित

प्रतिक्रिया