×

नेसनल लाइफद्वारा एक एक पाइला फाउन्डेसनलाई अस्पताल सञ्चालनका लागि आर्थिक सहयोग

images

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक एक पाइला फाउण्डेसन संस्थालाई अस्पताल सञ्चालनको आर्थिक सहयोग गर्ने भएको छ । 

नेसनल लाइफ इन्स्योरेन्सले सिन्धुपाल्चोकको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पताल स्थापना गरी संचालन गर्न फाउण्डेसनलाई आर्थिक सहयोग गर्ने सम्झौता भएको हो । 

कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र फाउण्डेसनका तर्फवाट फाउण्डेशनका प्रेसिडेण्ट डा. सुमन थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार अस्पताल एक एक पाइला फाउण्डेसनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुने जनाइएको छ । बैंकले अस्पतालको संचालनमा आर्थिक सहयोग पुर्याउन ३ वर्ष अवधिको लागि प्रत्येक वर्ष २० लाख आर्थिक सहयोग जनाएको छ । 

बैंकले अस्पताल सञ्चालनको लागि आर्थिक सहयोग उपलब्ध गराएकोमा फाउण्डेशनका प्रेसिडेण्ट थापाले धन्यवाद ज्ञापन गरे । स्वास्थ्य क्षेत्रमा कार्यरत रहेको प्रतिष्ठित एक एक पाईला फाउण्डेशन वि.सं.२०७२ साल देखि नेपालको दुर्गम क्षेत्रहरुमा निःशुल्क स्वास्थ्य सेवाहरु उपलब्ध गर्दै आइरहेको जनाएको छ । 

कम्पनीको उक्त सहयोगबाट १५ सैयाको सामुदायिक अस्पतालको सञ्चालन भै उक्त क्षेत्र वरिपरि रहेका करीब ५० हजार सर्वसाधारणले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुने अपेक्षा गरेको जनाएको छ । 
 

बिहीबार ५ जेठ २०७९ ०५:५२ PM मा प्रकाशित

प्रतिक्रिया