मङ्गलबार, कात्तिक २ २०७८ ०६:०१ AM

×
images

सेयर बजार सुधारको माग गर्दै लगानीकर्ताले घेरे धितोपत्र बोर्ड (फोटोफिचर)

काठमाडौं । सेयर बजारमा समस्या आउँदा पनि नियामकले ध्यान नदिएको भन्दै लगानीकर्ताले बुधबार नेपाल धितोपत्र बोर्ड घेराउ गरेका छन् । नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर बजार ओरालो लागेको र यसमा बोर्डले नबोलेको आरोप लगानीकर्ताको छ ।

पछिल्लो समय निरन्तर ओरालो लागेको बजार अहिले उकालो लाग्ने क्रममा छ । सेयर बजारको सुधार आवश्यक भएको भन्दै लगानीकर्ताले बुधबार बोर्डमा घेराउ गरी दबाब दिएका छन । बजार घट्न थालेपछि सेयर लगानीकर्ताले निरन्तर आन्दोलन गरिरहेका छन ।

लगानीकर्ताहरुले सेयर बजारमा स्थायी नीति कायम गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन र ब्रोकर कमिसन घटाउन बोर्डको ध्यानकर्षणसमेत गराएका छन् ।  उनीहरुले यसअघि नेपाल राष्ट्र बैंक घेराउ गर्नुका साथै माइतिघर मण्डलामा एक साता लामो रिले अनसनसमेत बसेका थिए ।

सेयर बजार प्रति नकारात्मक बनेको भन्दै लगानीकर्ताले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन ।


 

बुधबार ६ असोज २०७८ ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया