×

क्यापिटल कार्टुन : सिइओ डेपुटी सिइओमा झर्दा सकस हुन्छ नि!

images

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकापसमा गाभिन (मर्ज) वा प्राप्ति (एक्विजिसन) गर्ने नीति अख्तियार गरेको धेरै भइसक्यो। 

नियामक निकायको नीतिपछि धेरै बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएका छन् भने केही अन्य संस्थालाई एक्विजिसन गरेका छन्। 

केन्द्रीय बैंकबाट ‘क’ वर्गको राष्ट्रिय मान्यता प्राप्त आठ वाणिज्य बैंक पछिल्लोपटक एकापसमा मर्ज भएका छन्। तिनमा ग्लोबल आइएमई बैंक र बैंक अफ काठमान्डु (बिओके), नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक, कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसी) तथा प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक छन्।

ग्लोबल आइएमई र बिओको मर्ज भएर ग्लोबाल आइएमई बैंक, नेपाल इन्भेस्टमेन्ट र मेगा जोडिएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी र एनसिसी जोडिएर कुमारी बैंक तथा प्रभु र सेन्चुरी गाभिएर प्रभु बैंक बनेका हुन्।

यसरी समान वर्गका बैंक गाभिँदा तिनमा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सिइओ) का पद भने फेरबदल भएका छन्। बलिया र ठूला वाणिज्य बैंकका सिइओ भने मर्जपछि बनेका बैंकमा ‘पावरफुल’ सिइओ बनेका छन्। 

तर, अलि ‘कमजोर’ हैसियतका बैंकका सिइओ भने डेपुटी सिइओ बनेर जागिर खाइरहेका छन्। अघिल्लो दिनसम्म ‘फुल सिइओ’ भएकाहरू भोलिपल्ट डेपुटी सिइओमा झर्दा अलि–अलि सकस त हुन्छ नि! तै पनि जागिर त खानैपर्‍यो।

सोमबार ९ माघ २०७९ ०४:२१ PM मा प्रकाशित

प्रतिक्रिया