मङ्गलबार, कात्तिक २ २०७८ ०५:५० AM

×

संस्थापक सेयर बिक्री नगर्ने बैंकहरुले लाभांश वितरण गर्न नपाउने 

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा गरेको संस्थापक सेयर लगानी बिक्री नगरेसम्म लाभांश वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधिलाई संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।  

अब इजाजत जाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेको संस्थापक सेयर लगानी (क्रसहोल्डिङस) बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर लाभांश वितरण रोक्का राख्ने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बाहेक अन्य प्रचलित कानुन बमोजिम स्थापना भएका

बचत तथा ऋणको कारोबार गरिरहेका संस्थाहरुले इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा गरेको लगानी बिक्री गर्ने कार्य सम्पन्न नभएसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस सेयर वितरण गर्न रोक्का राख्ने राष्ट्र बैंकले जनाएको छ । 

बिहीबार ७ असोज २०७८ ०५:५७ PM मा प्रकाशित

प्रतिक्रिया