बिहीबार, मंसिर १६ २०७८ ०३:५७ PM

×

साओमीका ‘मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर’ र ‘मी एयर प्युरिफायर–३’ नेपाली बजारमा

images

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले ‘मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर’ र ‘अल न्यू मी एयर प्युरिफायर–३’ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मका लागि यी उपकरणहरु उपयोगी साबित हुनेछन् ।

पकेट आकारको मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरले बाहिरी पावर सप्लाईबिनै गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा इनफ्लेट गर्न सकिनेछ । त्यस्तै गरी मी एयर प्युरिफायर–३ साओमीको लाइन–अपमा रहेको सबभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर हो ।

साओमीमा अत्याधुनिक उत्पादन खोज्ने उपभोक्ताका लागि उत्कृष्ट प्रदर्शन गर्ने र आकर्षक डिजाइनयुक्त प्रविधिको आविष्कार ल्याउन केन्द्रित भइरहेको साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीको भनाइ छ । ‘मी एयर प्युरिफायर–३ ट्रिपल लेयर फिल्टरेसन भएको साओमीको सबैभन्दा नयाँ स्मार्ट एयर प्युरिफायर हो ।

यसले ९९.९७ प्रतिशतसम्म सूक्ष्म प्रदूषणलाई हटाउने क्षमता राख्छ’, कोठारी भन्छन्, ‘मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर कम्प्याक्ट पकेट–साइजमा डिजाइन गरिएको शक्तिशाली एयर कम्प्रेसर हो । यसलाई जहाँ पनि आफूसँगै लैजान र सुविधाजनक रुपमा प्रयोग गर्न सकिन्छ । मी एयर प्युरिफायर र मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको लन्चसँगै हाम्रो उद्देश्य भनेको इन्डस्ट्री फर्स्ट क्लास लिडिङ प्रोडक्ट्स नेपालमा ल्याउनु हो ।’

नेपाली बजारमा मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य रु ५ हजार ९९९ रुपैयाँ रहेको छ । साथै यो स्ट्यान्डर्ड कालो रङको भेरियन्टमा उपलब्ध रहेको छ । यस्तै गरी मी एयर प्युरिफायर–३ को मूल्य २३ हजार ४९९ रुपैयाँ रहेको छ । यी दुवै उत्पादनहरु मंसिर ७ गतेदेखि नेपालका सबै आधिकारिक स्टोरमा उपलब्ध हुनेछन् ।

मङ्गलबार ७ मंसिर २०७८ ०४:४९ PM मा प्रकाशित

प्रतिक्रिया