काठमाडौं। आज कुकुर तिहार। कात्तिक कृष्ण चतुर्दशी। आज मानवका सबैभन्दा नजिकका साथी कुकुरको सम्मानमा यो पर्व मनाइन्छ।
यस्तो छ धार्मिक विश्वास
हिन्दु धर्ममा कुकुरलाई केवल जनावर होइन। आज्ञापालक र बफादार जीव मानिन्छ। धर्मशास्त्रमा कुकुरलाई यमराजका दूत र भगवान भैरवका वाहनका रूपमा वर्णन गरिएका छन्।
मृत्युपछि आत्माको यात्रा र मोक्षको द्वारमा पनि कुकुरले पहरा दिन्छ भन्ने उल्लेख गरुड पुराण र महाभारत दुवैमा पाइन्छ।
महाभारतमा पाण्डव स्वर्गारोहणको कथा प्रसिद्ध छ। जहाँ युधिष्ठिरले आफ्नो कुकुरलाई स्वर्ग प्रवेशमा सँगै लैजान चाहन्छन। अन्ततः त्यो कुकुर यमराजकै स्वरूपमा परिणत हुन्छ। यसले निष्ठा र धर्मको परीक्षाको प्रतीक बनेको छ।
नर्क चतुर्दशी र पाप नाशको विश्वास कुकुर तिहारलाई नरक चतुर्दशी पनि भनिन्छ। यो दिन बिहान नुहाई–धुवाई गरेर, शरीर र मन शुद्ध पारेर, कुकुरको पुजा गर्ने परम्परा छ।
धार्मिक विश्वास छ– जसले यस दिन कुकुरलाई माला र टीका लगाई खाना खुवाउँछ। उसले पापमोचन पाउँछ। बरु जसले पूजा नगरी भोजन गर्छ। उसले यमराजको दण्ड भोग्नुपर्छ भन्ने जनश्रुति छ।
श्रद्धा र सम्बन्धको प्रतीक
आजको दिन घरपालुवा मात्र होइन। सडकका कुकुरहरू पनि समान स्नेह पाउँछन। बालबालिकाले बिहानै फूलमाला र टीका लिएर सडकका कुकुरका निधारमा टीका लगाउँछन्। मुखमा सेलरोटी र मासको पात राख्छन। यो दृश्य केवल श्रद्धा होइन। मानव र जनावरबीचको सह–अस्तित्वको सन्देश हो।
कुकुरः निष्ठा, सुरक्षा र संवेदनशीलताको प्रतिमूर्ति
कुकुर मानव सभ्यतासँगै विकसित भएको साथी हो। यसले घर र गोठको रक्षा गर्छ। चोर–डाँकाको सूचना दिन्छ। प्राकृतिक प्रकोप आउनुअघि चेतावनी पनि दिन्छ।
कुकुरको सुँघ्ने क्षमता असाधारण भएकाले सेना र प्रहरीले अपराध अनुसन्धानमा पनि उनीहरूको सहयोग लिन्छन। यही कारण, कुकुर तिहार केवल धार्मिक विधि होइन। मानवताको कृतज्ञता प्रकट गर्ने पर्व हो।