बिहीबार, मंसिर १६ २०७८ ०३:१९ PM

×

नेपाल टेलिकमले पायो फाइभ–जी परीक्षणको अनुमति, चार महिनापछि सुरु हुने

images

काठमाडौं । नेपाल टेलिकमले फाइभ–जी परीक्षणका लागि अनुमति पाएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई फाइभ–जी परीक्षणार्थ २६ सय मेगाहर्ज ब्यान्डको ६० मेगाहर्ज फ्रिक्वेन्सी प्रदान गरेको छ ।

प्राधिकरणले फाइभ–जीलगायत नयाँ प्रविधि परीक्षणसम्बन्धी कार्यविधि २०७८ बमोजिम टेलिकमलाई अनुमति प्रदान गरेको हो । कार्तिक २९ गतेको बोर्ड बैठकले अनुमति दिने अन्तिम निर्णय गरेको हो । यसअघि तत्कालीन सञ्चारमन्त्री पार्वत गुरुङको अध्यक्षतामा बनेको रेडियो फ्रिक्वेन्सी तथा नीति निर्धारण समितिले टेलिकमलाई फाइभ–जी परीक्षणको अनुमति दिएको थियो ।

तर, निश्चित फ्रिक्वेन्सी तय नभएको र फाइभ–जी परीक्षणका लागि आवश्यक उपकरण फिर्तासम्बन्धी प्राधिकरण र टेलिकमबीच सहमति हुन नसक्दा याे विषय अन्योलमा रहेको थियो । प्राधिकरणले परीक्षणका लागि ल्याएका उपकरण फिर्ता गर्नुपर्ने अवस्थामा सम्बन्धित निकायहरुसँग सहजीकरणका लागि पहल गर्ने निर्णय गरेपछि फाइभ–जी परीक्षणको बाटो खुलेको हो ।

प्राधिकरणले निर्णय दिन ढिलो गरेपछि पुसमा सुरू हुने भनेको काम ४ महिना पछि सरेको टेलिकमले बताएको छ ।

टेलिकमले उक्त फ्रिक्वेन्सीमा एक वर्षसम्म निःशुल्क फाइभ–जी परीक्षण गर्न पाउने छ । यो अवधि सम्पन्न भएपछि फ्रिक्वेन्सी फिर्ता गर्नुपर्नेछ ।

 

बुधबार ८ मंसिर २०७८ ०२:३० PM मा प्रकाशित

प्रतिक्रिया