काठमाडौं। पुस १७ गते उद्धघाटनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि बुद्ध एयरले प्रस्ताव पेश गरेको छ। आन्तरिक उडानमा अग्रस्थानमा रहेको बुद्धले पोखरा विमानस्थलको ग्राउण्ड ह्याण्डलिङका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा प्रस्ताव पेश गरेको हो।
प्राधिकरणले पोखरा विमानस्थलको ग्राउन्ड ह्याण्डलिङका लागि प्रतिस्पर्धा मार्फत छनौट गर्ने घोषणा गरेसँगै बुद्धले प्रस्ताव पेश गरेको हो।
बुद्ध एयरले पोखरा विमानस्थलको सुरुवातबाटै पाँचवटा विमान रात्रि–बिसान गरी साताको ३ सय उडान भर्ने कार्यतालिका बनाएको छ । हरेक दिन नेपालगञ्ज, भैरहवा, भरतपुर र भद्रपुरबाट आन्तरिक उडान भर्ने जनाएको छ।
बुद्धले अन्तराष्ट्रियतर्फ साताको तीन दिन भारतको बनारस उडान भर्ने तयारी गरेको छ। यसैगरि सम्बन्धित निकायमा दिनको तीन दिन भारतको नयाँदिल्ली र साताको ३ दिन देहरादुन उडान अनुमतिका लागि सम्बन्धित निकायमा निवेदन पेश गरेको छ ।
सानो उपत्यकामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानहरुले अन्तर्राष्ट्रिय उडान भर्न के कस्ता प्रकारका जहाजहरु कुन गन्तव्य जान सकिन्छ भन्ने बारेमा पनि बुध्द एयरका प्राविधिक टिम अध्ययनरत रहेको छ । निकट भविष्यमै यस दिशातर्फ बुद्ध एयर अग्रसर हुने पनि विज्ञप्तिमा खुलाइएको छ ।
प्रतिक्रिया