काठमाडौं। पछिल्लो एक दिनमा बैंक तथा वित्तीय संस्थामा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। मंसिर १३ गतेका दिन बैंक तथा वित्तीय संस्थामा ८ अर्ब रुपैयाँ निक्षेप थपिएको हो।
मंसिर १२ गते बैंक तथा वित्तीय संस्थामा ५१ खर्ब ८५ अर्ब रहेको निक्षेप ८ अर्बले बढेर ५१ खर्ब ९३ करोड पुगेको हो। त्यस्तै कर्जा प्रवाह स्थिर नै छ।
अर्थात मंसिर १२ गते बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो दिनको तुलनामा मंसिर १३ गते कर्जा घटबढ भएको छैन।
वाणिज्य बैंकको निक्षेप भने ९ अर्बले बढेको छ। मंसिर १२ गते ४५ खर्ब ७२ अर्ब रहेको वाणिज्य बैंकको निक्षेप ९ अर्बले बढर ४५ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ।
एकदिन ८ अर्ब निक्षेप थपिएसँगै बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार आएको छ। अघिल्लो दिन ८६.८८ रहेको सिडी रेसियो मंसिर १३ गते आइपुग्दा घटेर ८६.७५ मा आइपुगेको हो।
प्रतिक्रिया