बैंकका सीईओ र सञ्चालकको उमेर हदवन्दी कार्यन्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ साउन २८, मङ्गलबार,०७:१३:PM  
बैंकका सीईओ र सञ्चालकको उमेर हदवन्दी कार्यन्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ ।  सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ)  र सञ्चालकको उमेर तोक्ने निर्णय कार्यन्वयन नगराउन नेपाल राष्ट्र बैंकको नाममा अन्तरिम आदेश जारी गरेको छ। 

प्राइम कमर्सियल बैंकका निवर्तमान सीईओ नारायणदास मानन्धरले दायर गरेको रिटको मंगलबार प्रारम्भिक सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले यस्तो आदेश दिएको हो ।

राष्ट्र बैंकले साउन २० गते निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाका सीईओ तथा सञ्चालकको उमेर हद तोकेको थियो। जसअनुसा ६५ वर्ष पूरा भएका व्यक्ति पनि सिइओ नियुक्त हुन नपाउने र ६९ वर्ष पुरा भएपछि सञ्चालक हुन नपाउने व्यवस्था गरेको हो ।

सर्वोच्चको आदेशले प्राइमका सीईओमा मानन्धर र एभरेष्ट बैंकका अध्यक्षमा बीके श्रेष्ठले निरन्तरता पाएका छन् ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top