मनाइयाे ऋषिपञ्चमी

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७६ भदाै १७, मङ्गलबार,०५:०९:PM  
मनाइयाे ऋषिपञ्चमी

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज मङ्गलबार महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाइरहेका छन् ।

महिलाहरुले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ ओटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । विशेषगरी रजस्वला भइसकेका नारीहरूले भविष्य पुराणका अनुसार ब्रम्हहत्याको पाप मुक्ति तथा रजस्वला भएका अवस्थामा जानी नजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस् भन्नका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो ।

आज काठमाडौँको टेकु, पशुपति, गौरीघाट, गोकर्णेश्वर र मूलपानीलगायत देशभरिका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको घुईंचो लाग्ने गर्छ भने कतिपय महिलाहरू घरमै ब्राम्हण बोलाई सप्तऋषिको पूजा गर्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');