महानगर कर्मचारी बचत तथा ऋण सहकारीकाे ३ करोड ९१ लाख  रुपैयाँ बचत परिचालन

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ भदाै २०, शुक्रबार,०५:४७:PM  
महानगर कर्मचारी बचत तथा ऋण सहकारीकाे ३ करोड ९१ लाख  रुपैयाँ बचत परिचालन

काठमाडौं । महानगर कर्मचारी बचत तथा सहकारी सस्था लिमिटेडले आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्ममा ३ करोड ९१ लाख ९९ हजार ६९६ रुपैयाँ बचत परिचालन गरेको छ ।

महानगरमा कार्यरत  ४७१ जना कर्मचारी शेयर सदस्य रहेको सहकारीले, शुक्रबार आयोजना गरेको ११ औं वार्षिक साधारणसभामा यस्तो विवरण सार्वजनिक गरेको हो । गत आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्ममा सहकारीले २ करोड ९७ लाख ७० हजार रुपैयाँ संकलन गरेको थियो ।  

२०६५ सालमा ४५ जना कर्मचारीबाट सुरु गरिएको सहरकारीले शेयर सदस्य कर्मचारीको तलवबाट मासिक रकम काटेर खातामा जम्मा गर्ने गरेको छ । यो रकम शुरुमा ५ सय रुपैयाँ थियो । त्यसपछि १ हजार रुपैयाँ र २०७४ साल पुष महिनादेखि २ हजार रुपैयाँ काटेर जम्मा गर्न थालिएको हो ।

सहकारीले शेयर सदस्यहरुलाई ऋणबाहेक औषधि उपचार, परिवहन, सञ्चार, किरिया, सुत्केरी खर्चलगायतका सुविधा उपलब्ध गराउँदै आएको सहकारीका सचिव उत्तम दाहालले जानकारी दिए ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सहकारी बाट थप

Top