काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको वाइवाई चाउचाउ उत्पादक सिजी फुड्सको व्यापार एक वर्षमै अर्बौं रुपैयाँले कमी आएको छ। सन् २०२३ मा ९ अर्ब ११ करोड रुपैयाँ कुल कारोबार गरेको सिजी फुड्सको आय ११.१२ प्रतिशतले घटेको हो।
सन् २०२४ मा सिजी फुड्सको कुल ८ अर्ब १० करोड २० लाख रुपैयाँ मात्रै सञ्चालन आम्दानी गरेको इक्रा नेपालमा गराएको रेटिङको तथ्यांकमा उल्लेख छ। एक वर्षको अवधिमा सिजीको आय १ अर्ब १ करोड ४० लाख रुपैयाँले घटेको हो। साथै, सिजी फुड्सले २०२५ मा ५ अर्ब ७१ करोड रुपैयाँ बराबरको मात्रै आम्दानी गरेको छ।
बैंकिङ कर्जा प्रयोजनका लागि कम्पनीले इक्रा नेपालमा गराएको रेटिङमा इक्राले ‘एवान’ रेटिङलाई रिअफर्म (पुनः पुष्टि) गरेको हो। सन् २०२३ को फेब्रुअरीमा कम्पनीले अल्प कालीन कर्जाका लागि लागि इक्रामा रेटिङ गराउँदा पहिलो पटक रेटिङ प्रदान गरेको थियो।
यस्तो रेटिङ अल्प कालीन कर्जाका लागि सबैभन्दा उच्च रेटिङ हो। यसले सम्बन्धित कम्पनी र संस्था अल्प कालीन कर्जा वा वित्तीय दायित्वहरू समयमै तिर्न पूर्ण रूपमा सक्षम र विश्वसनीय छ भन्ने संकेत गर्छ।
बजारमा नयाँ चाउचाउ उत्पादन बढेको र ती उत्पादनसँग वाइवाईले तीव्र प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। सिजी फुड्स्को अन्य उत्पादन चिप्स र अन्य पेय पदार्थ हाल स्थानीय स्थरमा घरेलु उद्योगमा प्रशस्त उत्पादन हुन्छ।
इक्राले उक्त रेटिङलाई सन् २०२४ को मेमा कम्पनीले गराएको रेटिङमा र २०२५ जुनमा गराएको रेटिङमा यही रेटिङलाई रिअफर्म गरिरहेको छ। सिजी फुड्सले विगत ३ वर्षयता साढे ९९ करोड रुपैयाँ अल्प कालीन कर्जाको लागि रेटिङ गराइरहेको छ।
सिजी फुड्सको कुल आम्दानी पछिल्लो वर्षहरू घट्दै जाँदा कम्पनीलाई सञ्चालन खर्च जुटाउन समस्या देखिएको छ। २०२५ को ९ महिनामा गरेको आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा प्रतिशतले घटेको छ।
बजारमा नयाँ चाउचाउ उत्पादन बढेको र ती उत्पादनसँग वाइवाईले तीव्र प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। सिजी फुड्स्को अन्य उत्पादन चिप्स र अन्य पेय पदार्थ हाल स्थानीय स्थरमा घरेलु उद्योगमा प्रशस्त उत्पादन हुन्छ।
यसले पनि सिजीको उत्पादनको चुनौती थप भएर व्यापार घटेको हो। कच्चा पदार्थ गहुँ र पाम आयलको आयातमा गर्नुपर्ने यी कच्चा पदार्थको मूल्यमा उच्च र भन्सार दरको उतार चढावले सिजी फुड्स सञ्चालन खर्च बढेको छ।
कम्पनीले सन् २०२४ को नाफाबाट १५५ प्रतिशत र सन् २०२५ को नाफाबाट ७८ प्रतिशत लाभांश वितरण गर्दा कम्पनीको पुँजीमा दबाब सिर्जना गरे पनि हाल वित्तीय अवस्था सन्तुलनमा देखिएको छ।
सन् १९८४ देखि नेपाली बजारमा वाइवाई नामक चाउचाउ उत्पादन गरिरहेको सिजी फुड्समा निर्वाण चौधरीको ७६ प्रतिशत, एमएस अपोलो इन्भेष्टमेन्टको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत, राहुल चौधरीको ०.२ प्रतिशत र बाँकी अन्य ३ जना सेयर धनीको नाममा छ।