बेझाड (पाल्पा) । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीस्थित जनकल्याण माविमा सञ्चालन भएको शैक्षिक तथा धार्मिक महोत्सवमा १७ लाख रूपैयाँबराबर रकम सङ्कलन भएको छ । विद्यालयमा सञ्चालित प्राविधिक धारअन्तर्गतको कृषि बाली विज्ञान शिक्षा सञ्चालनका लागि सहयोगार्थ शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको हो ।
शैक्षिक तथा धार्मिक महोत्सव अवधिभर पण्डित ऋषिकेश पोखरेलले कथाअनुसार झाँकीसहित सङ्गीतमय शैलीमा कथा वाचन गरेका थिए । महोत्सव अवधिभर २० हजार दर्शकले अवलोकन गरेका शिक्षक रामप्रसाद भण्डारीले जानकारी दिए ।
यही असोज १ देखि ८ गतेसम्म चलेको शैक्षिक तथा धार्मिक महोत्सवमा रम्भा–१ हुँगी बस्ने भीमसेन पछाईले सबैभन्दा बढी एक लाख ११ हजार १०१ रकम सहयोग गरेका छन् ।
यसै आर्थिक वर्षदेखि विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारअन्तर्गत कृषि बाली विज्ञान विषय पढाइ भइरहेको छ । कृषि बाली विज्ञानमा हुँगी क्षेत्रका २७ जना विद्यार्थी अध्ययनरत छन् ।
रम्भा गाउँपालिकामा पहिलो पटक प्राविधिक धारअन्तर्गत यस विद्यालयमा कृषि बाली विज्ञान पढाइ शुरु गरेपछि स्थानीय अभिभावक खुशी भएका छन् । रासस
थप
expand_moreकम
expand_less