खच्चडले बोक्छ खानेपानी

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ कात्तिक १७, आइतबार ,०२:१६:PM  
 खच्चडले बोक्छ खानेपानी

बाग्लुङ । खानेपानी अभावले काकाकुल भएका बाग्लुङ जैमिनी नगरपालिका ८ छिस्तीका ६ सय घरधुरीका बासिन्दा अहिले खच्चड मार्फत पानी ढुवानी गर्नुपर्ने बाध्यतामा छन् । यस अघि उपभोक्ताको घरघरमा पानी बितरण गर्दै आएको छिस्ती खानेपानी उपभोक्ता समितिले खर्च धान्न नसक्ने र वडाले बितरणको जिम्मा लिनुपर्ने माग गर्दै वडा कार्यालयमा निवदेन दिएको थियो ।

सोहि कारण दशैं अघिदेखि बरेङ गाउँपालिकामा रहेको झुले मझुवाखोलाको पानी बितरण गर्दैै आएको उपभोक्ता समितिले पानी बाड्न पनि बन्द गरेको छ । समितिले भदौ ३ गते जैमिनी नपा–८ वडा कार्यालयमा निवेदन बुझाएपनि दुइ महिनासम्म वडा कार्यालयले निवेदन नै दर्ता नगरेको समितिका अध्यक्ष दिलबहादुर श्रीसले बताए ।

उपभोक्ता समिति र वडा कार्यालयको बिबादले गाँउमा पानी नआउदा स्थानिय बासिन्दा करिब ३ घण्टा टाढा खच्चडबाट पानी ढुवानी गराउन बाध्य भएका हुन् । लामो दुरीबाट पानी ल्याउन सहज गाह्रो भएकोले खच्चड प्रयोग गर्नुपरेको स्थानिय बासिन्दाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top // $this.children('p:not(:first-child)').wrapAll('
');