श्रीलंकाका राष्ट्रपतिले बनाए आफ्नै दाई पुर्व राष्ट्रपति महिन्दालाई प्रधानमन्त्री

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ मङ्सिर ५, बिहीबार,०२:४३:PM  
श्रीलंकाका राष्ट्रपतिले बनाए आफ्नै दाई पुर्व राष्ट्रपति महिन्दालाई प्रधानमन्त्री

श्रीलङ्काको नयाँ राष्ट्रपतिमा निर्वाचित गोटाबाया राजापक्षेले आफ्नै दाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्गर ।  राष्ट्रपति गोटाबायाले प्रधानमन्त्रीका रुपमा महिन्दालाई बिहीबार नै सपथग्रहण गराउने अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका राजापक्षे यसअघि झण्डै दश बर्ष राष्ट्रपति भएका थिए ।

 सन् २००५ देखि २०१५ सम्म उहाँले राष्ट्रपतिको रुपमा श्रीलङ्कामा शासन गरेका थिए ।  यसअघि बुधबार निवर्तमान प्रधानमन्त्री रनिल विक्रमासिंघेले पदबाट राजिनामाको घोषणा गरेका थिए । नयाँ राष्ट्रपतिलाई आफ्नो अनुकुलको सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन उनले रजिनामा दिएका हुन् । 

विक्रमासिंघेले राजिनामा घोषणा गरेपछि राष्ट्रपति राजापाक्षेले आफ्नै दाई महिन्दालाई प्रधानमन्त्री बनाएका हुन्। महिन्दा नेतृत्वको नयाँ सरकारको मन्त्रीमण्डल सानो आकारको हुने जनाइएको छ । सन् २०२० को मार्च १ पछि नयाँ संसद बन्ने भएकाले त्यतिबेलासम्म नै सानो मन्त्रीपरिषद् मात्रै रहने अनुमान गरिएको छ । श्रोतका अनुसार नयाँ मन्त्रीपरिषद् १५ सदस्यीय हुनेछ । नयाँ मन्त्रीहरु सवै राजापाक्षेत्रको पार्टीबाट हुने भएका छन् ।

रासस÷एएनआई० ः

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप