१५ दिनमा बनाउने सहमति भएको सुनचाँदी निर्देशिका ८ बर्ष बित्दा पनि तयार भएन 

account_box अनिस मिजार ,
प्रकाशित: २०७६ मङ्सिर १५, आइतबार ,०३:३३:PM  
१५ दिनमा बनाउने सहमति भएको सुनचाँदी निर्देशिका ८ बर्ष बित्दा पनि तयार भएन 

काठमाडौं । सरकारले ८ बर्ष अगाडी सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन निर्देशिका जारी गर्ने बचन दिए पनि अझै पुरा गरेको छैन । सुनचाँदी व्यवसायी महासंघकै अगुवाइमा २०६८ निर्देशिका जारी गर्न व्यवसायीहरुले पटक पटक सरकारी निकायसँग छलफल गरिसकेको छ ।

तर, आठ बर्षमा देशमा आठ ओटा सरकार परिबर्तन र नौ जना उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि बनिसकेके पनि व्यवसायीहरुको माग पुरा नभएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले बताए । उनले भने ‘सरकार र मन्त्री परिबर्तन भएसँगै सबैले प्रतिबद्धता ब्यक्त गर्छन् तर, सुनचाँदीको व्यवसायलाई व्यवस्थित बनाउने निर्देशिका अझै सम्म आएको छैन ।’ 

२०६८ सालमा उपभोक्ता एवम सरकारले सुनको गुणस्तरमा कमि आएको भन्दै अनुगमन गर्न बढाएपछि सुनचाँदी निर्देशिका आवश्यकता महशुष भएको हो । उनले भने ‘त्यही बेला देखि सरकार र सुनचाँदी व्यवसायी दुवै पक्षको पहलमा प्रक्रिया अगाडी बढाएको थियौं ।’ उक्त समयमा सुनचाँदीका गहना गुणस्तरीय नभएको तथा बढी रसाएन तथा फलाम मिसाएको भन्दै सरकार र उपभोक्तmामञ्च सहितको टोलीले पसलपसलमा  अनुगमन गर्न सुरु गरेको थियो ।

सोहि समयदेखि नै सरकार र व्यवसायीहरुले आवश्यकता बुझेर निर्देशिका बनाउने सहमति गरेका थिए । तर, विगत देखिनै नेपालमा अस्थिर सरकार र मन्त्रीहरुको भइरहने परिबर्तनले अहिलेसम्म निर्देशिका जारी हुन नसकेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । 
महासंघ र सम्बन्धित सरोकारवालाले निर्देशिका ल्याउन त्यति चासो नदिएकाले पनि ढिला भएको उनको आरोप छ । उनले भने ‘सरकारले त ढिला गर्ने नै भयो, तर हामी व्यवसायीहरुले पनि अलि धेरै चासो नदिएकाले निर्देशिका जारी हुन ढिलाइ भइरहेको छ ।’

अहिले निर्देशिका बनाउन आन्तरिक बजारको संरक्षण र निर्यात व्यापारको संभावना सम्बन्धि दुई ओटा  कमिटी गठन गरेर काम अगाडी बढीरहेको उनले जानकारी दिए । चाडै निर्देशिका जारी हुनेमा आशबादी रहेको पूर्वअध्यक्ष शाक्यलेले बताए । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि केहि दिनअगाडी सुनचाँदी व्यवसायलाई व्यवस्थित बनाउन सरकारले चाँडै नै निर्देशिका ल्याउनने तयारी गरिरहेको बताएका थिए । राष्ट्र बैंक र अर्थमन्त्रालयसँग समन्वय गरेर सकभर चाँडो निर्देशिका ल्याउने उनको भनाई थियो ।  

महासंघले २०६८ सालमा सरकारलाई सुनचाँदी व्यवसायलाई व्यवस्थित बनबाउन १२ दिनसम्म आन्दोलन गरेका थियो । त्यसपछि व्यवसायीको माग अनुसार १५ दिन भित्र आवश्यक निती बनाउने सहमति वाणिज्य विभागसँग भएको थियो । तर, सरकारले १५ दिनभित्रमा निर्देशिका जारी  गरेन । त्यसपछि पटकपटक यो विषय उठान गरेपनि सुनुवाइ नभएको महासंघले बताएको छ ।

२०७० सालमा प्रधानमन्त्री सुसिल कोइरालाको मन्त्रीमण्डलका सुनीलबाबु थापा वाणिज्य मन्त्री भए पछि सुनचाँदी कार्यविधि ल्याउन धेरै प्रयास भएको थियो । २०७२ सालको दशै फुलपातिको चारदिन अगाडी रातको १२ बजे बत्ती बालेर उद्योग मन्त्रि, वाणिज्य विभाग र सुनचाँदी व्यवसायी बिच सुनचाँदी कार्य विधि दशै पछि जारी गर्ने सहमतिमा   हस्ताक्षर भएको पूर्वअध्यक्ष शाक्यले बताए ।

तर, सरकार परिबर्तन भएपछि सुनचाँदी निर्देशिका जारी गर्ने सहमतिको फाइल नै मन्त्रालयबाट नै गाएब पारिएको व्यवसायीहरुको भनाई छ । 

 

अनिस मिजार

क्यापिटल नेपालका संवाददाता हुन् 

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप