टेलिकमभन्दा ७९ लाख ९९ हजार बढी कबाेलेर एनसेलले पायो ११ मेगाहर्ज फ्रिक्वेन्सी

account_box युजु खालिङ ,
प्रकाशित: २०७६ पुस २, बुधबार,०१:०८:PM  
टेलिकमभन्दा ७९ लाख ९९ हजार बढी कबाेलेर एनसेलले पायो ११ मेगाहर्ज फ्रिक्वेन्सी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको १८०० ब्याण्ड मेगाहर्जको फ्रिक्वेन्सी अक्सनमा एनसेल प्राइभेट लिमिटेडले  बाजी मारेको छ । काठमाडौंको सोल्टी क्राउन प्लाजामा भएको खुल्ला अक्सनको तेस्रो राउण्डमा एनसेलले ५ करोड ८० लाख रुपैयाँ रकम कबोल गरेर १८०० ब्याण्डभित्रको ११ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गरेको हो । तेस्रो तथा अन्तिम चरणमा सोहि फ्रिक्वेन्सीको लागि नेपाल टेलिकमले भने ५ करोड १ हजार रुपैयाँ मात्रै कबोल गरेको थियो । 

अक्सनमा एनसेलले पहिलो चरणदेखि नै नेपाल टेलिकमभन्दा बढी कबोल गरेको थियो । उक्त बोलकबोलको पहिलो चरणमा नेपाल टेलिकमले ३ करोड ७८ लाख र एनसेलले ३ करोड ९६ लाख रुपैयाँको बोली राखेको थियो । दोस्रो चरणमा नेपाल टेलिकमले ४ करोड २० लाख रुपैयाँ र एनसेलले ४ करोड ३२ लाख रुपैयाँको बोली लगाएको थियो ।

तेस्रो चरणमा टेलिकमले ५ करोड १ हजार रुपैयाँ र एनसेलले ५ करोड ८० लाख रुपैयाँको बोली लगाएर उक्त फ्रिक्वेन्सी प्राप्त गरेको हो । अब तीन चरणमा नै बढी कबोल गरेको एनसेलले १८०० मेगाहर्ज ब्याण्डभित्रको ११ मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ ।

तर प्राधिकरणले तय गरेको शर्त अनुसार एनसेलले हालसम्म बुझाउनु पर्ने पुँजीगत लाभकर भने बुझाएको छैन । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल एनसेललाई रकम बुझाउने शर्तमा अक्सन प्रक्रियामा समावेश गरिएको बताउँछन् । ‘एनसेले फ्रिक्वेन्सी प्राप्त गर्नअघि लाभ कर बुझाएको डकुमेन्ट प्राधिकरणमा बुझाएपछि मात्र फ्रिक्वेन्सी आधिकारिक रुपमा हस्तान्तरण गर्ने छौं । नबुझाएको खण्डमा त्यो खारेज हुनेछ ’ प्राधिकरणका सूचना अधिकारी सन्दिप अधिकारीले भने ।

एनसेलको सेयर बिक्री गर्दा लाभकर, राजस्व तथा सोको ब्याज समेत गरी २२ अर्ब ४४ करोड रुपैयाँ बुझाउनु पर्ने छ ।   

याे पनि पढ्नुहाेस्

१८ सय ब्याण्ड मेगाहर्ज पाउन एनसेलले तिर्ला त लाभ कर ?, एनसेल भन्छ : लाभकर तिर्ने निर्णय भएको छैन

 

युजु खालिङ

क्यापिटल नेपालका संवाददाता हुन्

थप

expand_more

कम

expand_less
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top