बैंकर तथा घरजग्गा व्यवसायी ईच्छाराज तामाङमाथि सम्पत्ति शुद्धिकरणले थाल्यो छानविन, १ अर्ब २ करोड कारोबारको स्रोत खुलेन, फागुन १ मा उपस्थित गराउन आदेश   

account_box कमला अर्याल ,
प्रकाशित: २०७६ माघ २८, मङ्गलबार,१०:२३:AM  
बैंकर तथा घरजग्गा व्यवसायी ईच्छाराज तामाङमाथि सम्पत्ति शुद्धिकरणले थाल्यो छानविन, १ अर्ब २ करोड कारोबारको स्रोत खुलेन, फागुन १ मा उपस्थित गराउन आदेश   

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले बैंकर तथा घरजग्गा व्यवसायी ईच्छाराज तामाङ र उनका व्यवसायिक केशवलाल श्रेष्ठले सीमा भन्दा बढी वित्तीय कारोबार गरेको भन्दै छानविन थालेको छ ।

ईच्छाराज र उनका व्यसायिक साझेदार श्रेष्ठले सिभिल बैंकको चेकबाट सिभिल होटलमार्फत सिभिल अर्पाटमेन्टलाई पटक पटक गरी १ अर्ब २ करोड रुपैयाँ स्रोत नखुलेको र सीमा भन्दा बढी भुक्तानी गरेको पाइएपछि विभागले  अनुसन्धान थालेको हो । 

सीमा भन्दा बढी कारोबार गरेको ठहर गर्दै विभागले सोमबार नेपाल राष्ट्र बैंक र सिभिल बैंकलाई पत्राचार गरी कारोेबार विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

पटकपटक गरी १ अर्ब २ करोड रुपैयाँ सीमा नाघेर कारोबार गरेको विभागले जानकारी दिएको छ । सीमा नाघेपछि कारोबारको स्रोतसमेत नखुलेको विभागले बतायो ।

तामाङ र श्रेष्ठ दुबैको बैक, घरजग्गा र होटलमा लगानी छ । विभागले तामाङसहित अर्का साझेदार केशवलाललाई फागुन १ गते विवरणसहित उपस्थित गराउन बैंकलाई पत्राचार गरेको छ । 

तामाङको सिभिल होटल प्रालिले सिभिल अपार्टमेन्ट प्रालिलाई सिभिल बैंकबाट न्युनतम १ पटकदेखि एकैदिन २४ पटकसम्मलाई भुक्तानी गरेको देखिएको छ । सन २०११ डिसेम्बरमा ५७ लाख ६० हजारका दरले २४ पटक कुल १३ करोड ८२ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ ।

२०११ को डिसेम्बर १३ मा ५७ लाख ६० हजारका दरले २४ पटक कारोबारबाट होटलबाट अपार्टमेन्टमा १३ करोड ८२ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ । 

यस्तै सोही महिनाको १६ तारिखमा ५७ लाख ६० हजार रुपैयाँ २२ पटक गरी १२ करोड ६७ लाख २० हजार र सोही दिन एक पटक ४८ लाख रुपैयाँ जम्मा गरेको विभागले जनाएको छ । 

यस्तै तामाङले सन २०११ को डिसेम्बर  ११ मा होटलबाट अपार्टमेन्टलाई २४ पटक गरेर १३ करोड ८५ लाख ४० हजार, सोही महिनाको १६ गते २४ पटक गरी १३ करोड ८२ लाख ४० हजार, १६ तारिखमा २२ पटक गरी १२ करोड ६७ लाख २० हजार र १६ तारिखमा एक पटक ४८ लाख रुपैयाँको भुक्तानी सिभिल बैंकबाट गएको देखिएको छ । 

साझेदार श्रेष्ठले १४ लाख ४० हजार २४ पटक जम्मा गरी अपार्टमेन्टलाई ३ करोड ४५ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ । श्रेष्ठले २४ पटक गरी ३ करोड ४५ लाख ६० हजार, २२ पटक गरी ३ करोड १६ लाख ८० हजार र एक पटक १२ लाख रुपैयाँ जम्मा गरेको विभागको अनुसन्धानबाट खुलेको छ । 

यस्तै ईच्छाराजले ४८ पटक गरी ६ करोड ९१ लाख २० हजार, २२ पटक गरेर ३ करोड १६ लाख ८० हजार र एक पटकमा १२ लाख रुपैयाँ कारोबार गरेको देखिएको छ । यी सबै कारोबार सीमाभन्दा बढी र स्रोत नखुलेको दावी विभागको छ । 

विभागले यी कारोबारहरु कारोबार भएका बैंकका शाखा, कारोबारमा कुनै एसटीआर जेनेरेट हुनुपर्ने सूचना राष्ट्र बैंकमा भए नभएको, एसटीआर जेनेरट नहुनु पर्ने भए यसको जिम्मेबार व्यक्ति को ? भनेर विभागले प्रश्न गरेको छ ।  विभागले सिभिल बैंकलाई पत्राचार गरी तामाङ र उनको सबै विवरण उपलब्ध गराउन भनेको छ । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी बैङ्किङ बाट थप

Top