प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद्को बैठक 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७६ चैत ९, आइतबार ,०१:५५:PM  
प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषद्को बैठक 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक आइतबार डाकेका छन् । मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले पहिलो पटक बैठक डाकेका हुन् । कोरोना भाइरसको महामारी आउन नदिन सरकारले गर्नुपर्ने तयारीका बिषयमा यसअघि प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए । 

यसअघि मन्त्रिपरिषद्को बैठक फागुन १८ गते बसेको थियो । सरकारले अत्याश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ । मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ । बैठक अपराह्न ४ बजे बस्नेछ ।

बैठकले कोरोना न्युनीकरण सम्वन्धीत केही महत्वपूर्ण निर्णय गर्न सक्ने स्रोतले जनाएको छ । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top