काठमाडौं। बागमती प्रदेश सरकारले कोरोना भाइरस विरुद्ध लड्न १० करोड रुपैयाँको उपचार कोषको स्थापना गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।
कोरोना नियन्त्रणका लागि विशेष अभियान सञ्चालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।
कोषमा रकम जम्मा गर्न सरकारले सर्वसधारणलाई समेत आव्हान गरेको छ ।संघीय सरकारले पनि ५० करोड रुपैयाँको राहात कोष घोषणा गरेको छ । कोषमा रकम जम्मा हुन थालेको छ ।
यसैगरी मंगलबार नै भएको बैठकमा प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।
थप
expand_moreकम
expand_less