काठमाडौँ, । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आपूर्ति व्यवस्थालाई थप सहज बनाउन खटिइरहेका छन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाबाट नेपाल–भारत सीमाक्षेत्र रक्सौलमा औषधि तथा औषधिजन्य सामग्री बोकेका १६ ट्रक रोकिएको जानकारी पाएको सूचना कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताए ।
उपप्रधानमन्त्री पोखरेलले त्यसबारेमा तत्काल बुझेर जानकारी गराउन मन्त्री भट्टलाई आग्रह गेरे । संयोजक पोखरेलको आग्रहलगत्तै मन्त्री भट्टले वाणिज्य सचिव डा बैकुण्ठ अर्याललाई औषधि रोकिएको विषयमा तत्काल बुझ्न निर्देशन दिए । एकैछिनमा सचिव डा अर्यालले बुझेर मन्त्री भट्टलाई भे “मन्त्रीज्यू, ती औषधि बोकेका ट्रक रक्सौलबाट काठमाडौँ हिँडिसकेका छन् । केहीबेर मात्रै रोकिएका रहेछन् ।”
मन्त्री, सचिव, सम्बन्धित सरकारी तथा गैरसरकारी निकाय एवं निजी क्षेत्रसँग नियमित फोन संवाद गर्ने, आवश्यक सहयोग गर्ने र सहज तरिकाले अत्यावश्यक मालवस्तुको आयातमा सरकार २४ सै घण्टा परिचालित भइरहेको मन्त्री भट्टले जानकारी दिए । उनले भने “दैनिक उपभोग्य वस्तुदेखि औषधि तथा पेट्रोलिमय पदार्थको आयातका लागि सबै व्यवस्था मिलाइएको छ ।”
उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्था
सरकारले जनताको भान्छामा दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिन तयारी तीव्र बनाएको उनले बताए । काठमाडौँ उपत्यकाको हकमा अत्यावश्यक वस्तु पु¥याउन करिब दुई दर्जन बढी मिनीट्रकको व्यवस्था गरिएको छ । काठमाडौँमा १५, ललितपुर र भक्तापुरमा सात÷सात मिनीट्रक तयारी अवस्था छन् । “ती मिनीट्रकको प्रयोग गरेर अभाव भएको ठाउँमा चामल, दाल, नुन, तेल, आलु, प्याजलगायत अत्यावश्यक वस्तु पु¥याइने छ”, मन्त्री भट्टले भने “जहाँ त्यस्ता खाद्य वस्तुको अभाव हुन्छ, त्यहाँ पु¥याउँछौँ ।”
त्यसका लागि मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । “कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ”, उनले भने “तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी त्यसको तयारीमा छौँ ।”
सोही मिनीट्रकमा राखेर घरघरमा खाद्यान्न पु¥याइने उनले बताए । कोरोनाको माहामारी फैलिएको अवस्थामा घरघरमा पु¥याउनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकार सचेत रहेको उनको भनाइ थियो ।
जनताको भान्छामा अत्यावश्यक वस्तुको अभाव हुन नदिन भाटभटेनी, बिगमार्ट, सेल्सवेरीलगायत ठूला व्यापारिक प्रतिष्ठानलाई आफ्ना ग्राहकलाई नियमित सामान पु¥याउने व्यवस्था गर्न भनिएको उनले बताए । “टेलिफोन तथा अनलाइनबाट ग्राहकसँग आफ्नो अर्डर लिने र घरघरमा पु¥याउन पनि सहजीकरण गरिरहेका छौँ”, उनले भने , “त्यस्ता कम्पनीको ‘मोबाइल टिम’ तथा ‘भ्यान’लाई लकडाउनको समयमा निर्वाध सञ्चालनमा ल्याउन दिनका लागि विशेष पासको व्यवस्था गर्दैछाँै ।”
सम्बन्धित जिल्ला प्रशासनले पास जारी गरिदिने उहाँको भनाइ छ । “सङ्कटको समयमा जसरी भए पनि सेवा दिने मनस्थिति बनाएर बस्न उनीहरुलाई आग्रह गरिएको छ”, उनले भने । काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोटलगायत जिल्लाबाट उपत्यकाका लागि तरकारी तथा दूध बोकेर आउने सवारी साधनलाई निर्वाध प्रवेशको व्यवस्था मिलाइएको छ ।
विपद्का समयमा अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै व्यवधान आउन नदिन सरकार प्रत्येक क्षण सचेत अवस्थामा ढुवानीका साधन नियमित सञ्चालन होउन् भनेर ट्रक व्यवसायी महासङ्घसँग छलफल गरेको उनले बताए । “मैले ट्रक व्यवसायी महासङ्घको अध्यक्ष र महासचिवलाई मन्त्रालयमा बोलाएरै छलफल गरेको छु”, उनले भने “कुनै पनि हालतमा ढुवानीका साधन रोकिनु हुँदैन भनेर भनेको छु ।”
मङ्गलबार रातिदेखि लागू हुने गरी भारतले २१ दिने ‘लकडाउन’को घोषणा गरेसँगै ग्यासको अभाव हुन नदिन सरकारले विशेष पहल गरिरहेको बताए । “यसले चुनौती थपेको छ, ग्यासको बुलेट भारतको मात्रै छ, मङ्गलबार २०÷२२ बुलेट ग्यास आएको छ”, मन्त्री भट्टले भने, “नेपालमा ग्यास लिएर आउने भारतीय चालकले बुलेट चलाउन नमानेको अवस्थामा के गर्ने भन्ने विषयमा सरकार गम्भीर छ । हामीले त्यहाँको सम्बन्धित पक्षसँग कूटनीतिक पहलबाट छलफल गर्ने तयारी गरेका छौँ ।”
तीन जिल्लामा खाद्यान्न पठाइयो
अहिले हामीसँग छ महिनालाई पुग्ने खाद्यान्न मौज्दात छ । उपत्यका बाहिर खाद्यान्न उपलब्धताको स्थिति के हो भनेर अध्ययन थालिएको मन्त्री भट्टले बताए । मङ्गलबार साँझसम्म प्राप्त रिपोर्टअनुसार जाजरकोट, पश्चिमरुकुम र मुगुमा केही खाद्यन्न अभाव छ भन्ने पाइएको छ । त्यस्तो रिपोर्ट आउने बित्तिकै तुरुन्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खाद्यन्न आपूर्तिको व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्री भट्टले जानकारी दिए ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन चामल मौज्दात छ । त्यस्तै २० हजार मेट्रिक टन धान सञ्चित छ । साल्ट्र ट्रेडिङसँग नुन करिब १० महिनालाई पुग्ने मौज्दात छ । त्यस्तै दशैँ तिहारसम्म चिनीको कुनै अभाव नहुने देखिएको छ । साल्ट ट्रेडिङसँग दुई÷तीन महिनाका लागि पुग्ने चिनी मौज्दात रहेको छ ।
अत्याश्वक क्षेत्रमा ग्यासको अभाव हुन नदिन एक लाख सिलिण्डर ग्यास भरेर तयारी अवस्थामा राख्न र बाँकी एक लाख सिलिण्डर तत्कालै ग्यास भर्न मिल्ने गरी तयारी हालतमा बस्न पनि उद्योगीलाई निर्देशन दिइएको उनले बताए ।
रासस