बीमाको प्रिमियम भुक्तानी अब सेलपेबाट 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख ३, बुधबार,११:३५:AM  
बीमाको प्रिमियम भुक्तानी अब सेलपेबाट 

काठमाडौं ।  सेलकम प्रालिको सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ ।  ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका बिभिन्न बीमा कम्पनीको बिमा रकम भुक्तानी र स्याकार इन्भेस्टमेन्ट कम्पनीका मासिक किस्ता भुक्तानी गर्नुका साथै ग्राहकले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्टबाट प्राप्त गर्ने सक्ने छन् । 

हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोविड १९) को संक्रमणबाट बच्न सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशन जारी गरिएको हुँदा, थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नुक्ँ साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउने छ ।

सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन ईएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै रकम भुक्तानी गर्न सक्नेछन् । 

देशभित्र कुनै पनि ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरेपछि रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा युनिक आईडी प्राप्त गर्ने छन । युनिक आईडी प्रेषकले प्रापकलाई दिनु पर्ने छ ।  प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएकोको कार्यालयमा गई उक्त युनिक आईडी देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् । 

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ

 बास्तविक समयमा भुक्तानी 

 बिना वालेट कारोबार गर्न सकिने 

 सरल एवं सुरक्षित

 लोयाल्टी पोइन्टस पाईने

सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, बिजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर वास्तविक समयमा गर्न सकिन्छ । 

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top