फेसवुक र मुकेश अम्बानीको रिलायन्सले सुपर एप बनाउने  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ वैशाख ४, बिहीबार,१०:४२:AM  
फेसवुक र मुकेश अम्बानीको रिलायन्सले सुपर एप बनाउने  

मुम्बई, एजेन्सी । भारतका डलर अर्बपति मुकेश अम्बानी नेतृत्वको रिलायन्स इन्डष्ट्रिज लिमिटेडले अमेरिकाको फेसवुक इंकसंग मिलेर चीनको वीच्याट जस्तै वहुउद्धेशिय एपको संभावनाको खोजी थालेका छन । 

वहुउद्धेशिय एप सिर्जनका लागि लगानी, प्राविधिक ज्ञान र डोमिन एक्पर्टाइज ल्याउने तयारी भएको छ । नयाँ एप ल्याउने विषयमा रिलायन्स र फेसवुकबीच छलफल भइरहे पनि कोरोना भाइरस महामारीले ढिलाइ हुने भएको छ ।

दुई कम्पनीले सिर्जना गर्न लागेको एप ह्वाटस एप जस्तो सञ्चारको मात्र काम गर्ने मात्र नभई रिलायन्स स्टोर र  अजियो डटकमबाट सामान खरिदबिक्रीका साथै जीओ मनीबाट भुक्तानी गर्न सकिने व्यवस्था हुने छ ।

दुबै लगानीकर्ताले चीनको वीच्याट जस्तै सुपर एप सिर्जना गरी डिजिटल पेमेन्ट, सोसियल मिडिया, गेम, हवाइजाहाज टिकट र होटल वुकिङ्गलगायत धेरै विशेष्ता हुने बताइएको छ ।

यो एपले व्यवसाय विस्तारका साथै उपभोक्तामाझ खर्च गर्ने वानीको विकास गराउने छ । कम्पनीको व्यवसायिक सम्पत्ति तथा दायित्व मूल्याँकनको काम जारी रहेको बताइएको छ । यद्यपी, रिलायन्सले यस विषयमा खुलाएको छैन ।

सम्झौताका लागि आन्तरिक तयारी भइरहे पनि प्रविधि कस्तो र लगानी कति हुने हुने हो अझ स्पष्ट नभएको दी इकोनोमिक टाइम्सले जानकारी दिएको छ । कम्पनीको संरचनाका बारेमा अझै अस्पष्ट र अवस्था तरल रहेको बताइएको छ । तर दुबै कम्पनीले एपमा लगानी गर्नेछन ।

फेसवुकले रिलायन्स जियो र रिलायन्स रिटेलमा लगानी गर्ने बताइएको छ ।फाइनान्सियल टाइम्सका अनुसार फेसवुकल जिओ टेलिकमको अर्बौ डलरमा १० प्रतिशत स्वामित्व किन्ने उल्लेख गरेको छ । रिलायन्सका कार्यकारीले लगानी जुटाउन जियो र रिलायन्स रिटेलको स्वामित्व बिक्री गर्ने बताएका छन ।

 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top