औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ वैशाख २६, शुक्रबार,०३:४४:PM  
औद्योगिक क्षेत्रका उद्योगहरु सञ्चालनमा (फोटो फिचर)

काठमाडौ । कोरोना भाइरसको विश्वव्यापी महामारी र नेपालमा यसको संक्रमण भेटिएसँगै नियन्त्रणका लागि गरिएको देशव्यापी बन्दावन्दी (लकडाउन) का कारण देशभरका  उद्योगधन्दाहरु बन्दको अवस्थामा थिए । 

बैशाख २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा मापदण्डका साथ बन्द उद्योग खुलाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयले ४६ दिनपछि उद्योगहरु पुनः सञ्चालनमा आएका छन ।

शुक्रबारदेखि बालाजु औद्योगिक क्षेत्र र पाटन औद्योगिक क्षेत्रका केहि उद्योगहरु संचालनमा आएका छन् । अहिले शु्रुवातमा २४ सैँ घण्टा चल्ने उद्योगहरुमा सर्यौ कामदारहरु कटौटी गरि दिनको ८ घण्टा संचालन हुने गरी सञ्चालनमा आएका छन् ।

उद्योगहरुमा कामदार र कच्च वस्तुको पनि अभाव देखिएको छ । अधिकाँश ठुला उद्योगहरु सीमा नाकामा रहेकाले सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ ।   

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी फोटो फिचर बाट थप

Top