सेयर बजार जेठ ५ गतेसम्म बन्द 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ १, बिहीबार,१०:००:AM  
 सेयर बजार जेठ ५ गतेसम्म बन्द 

काठमाडौं । सेयर बजार लगातार घटेपछि नेपाल धितोपत्र बोर्डले कारोबार रोक्न निर्देशन दिएको छ ।

बोर्डले आउँदो ५ गतेसम्मका लागि बजार बन्द गर्न नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडलाई निर्देशन दिएको छ । बोर्ड  बन्दावन्दी (लकडाउन) अवधिभर बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । 

‘अहिलेका लागि ५ गतेसम्म बन्द गर्न निर्देशन दिएका छौ,’ उनले क्यापिटल नेपालसंग भने, ‘सरकारले ५ गतेसम्म लकडाउन गरेको छ । सोही दिनसम्म बजार बन्द गर्न निर्देशन दिएको हौं ।’ 

कोरोना भाइरसको जोखिम बढिरहेका बेला सरकारले केही दिनअघि बजार खुला गरेको थियो । त्यसयता सेयरलगानीकर्ताले करोडौं रुपैयाँ नोक्सानी ब्यहोरेका थिए । दुई दिनमा बजार ५० अंकले घटेको थियो । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top