लकडाउनमा रमाउँदै तोपचरा (फोटो फिचर)

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ जेठ २, शुक्रबार,११:२३:AM  
लकडाउनमा रमाउँदै तोपचरा (फोटो फिचर)

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारद्वारा आह्वान गरिएको देशव्यापी लकडाउनका कारण मानव जाति हिजोआज घरबाहिर भित्रै थुनिएका छन् । ६ हप्ताभन्दा धेरै भयो मुलुकमा लकडाउन सुरु भएको । लकडाउनको समयमा मान्छे बाहिर निस्कन नपाए पनि स्वच्छन्द पन्छीहरूको उडान रोकिएको छैन ।

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनले पशुपन्छीलाई भने लाभ नै भएको छ । उनीहरू प्रकृतिमा आफ्नै ढंगले कुनै प्रतिबन्ध बिना जीवननिर्वाह गरिरहेका हुन्छन् । बिहिबार ललितपुरको भैसेपाटी पुग्दा तोप चराहरू गुडँ वरपर खेलिरहेका थिए ।

भँगेरा आकारको यो चराको गुडँ निकै राम्रो र कलात्मक पनि देखिन्छ । बस्ती भन्दा केहि पर बाँसको भm्यांगमा गुडँ बनाएर बसेका तोप चरा, कहिले गुडँबाट बाहिर उड्ने, कहिले गुडँतिर फर्किने गरेर रमाइरहेको थियो ।


अति कलात्मक गुँड बनाउनेमा पर्छ तोप चरा । तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ । गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ ।

यो चराले ठूलो रुखमा सामूहिक रुपमा गुँड बनाउने गर्छन् । तोप चरा रैथाने रहेको चराविदले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top