कोरोना महामारी : कृषि क्रान्ति गर्ने उपयुक्त अवसर 

account_box देवेन्द्र सुवेदी ,
प्रकाशित: २०७७ जेठ ३, शनिबार,१०:१८:AM  
कोरोना महामारी : कृषि क्रान्ति गर्ने उपयुक्त अवसर 

कोरोनाको महामारीको कारण  सात हप्तादेखि अत्याबश्यक बाहेकका आर्थिक गतिविधि ठप्प छन् । उद्योगि, व्यबसायी, किसान, मजदुर सबै घर भित्रै थुनिएर बसेका छौ । बिश्वका सबै देशमा कोरोनाले जनजीवन तथा आर्थिक गतिविधि हाम्रो जस्तै अस्तव्यस्त बनाएको छ । यो आलेख तयार गर्दासम्म कोरोनाबाट करिब ४५ लाख भन्दा बढी मानिस संक्रमित छन् भने ३ लाखभन्दा बढीको मृत्यु भईसकेको छ ।

संसराका धनी गरिब सबै राष्ट्रहरुले एकातिर कोरोना रोकथाम र नियन्त्रणका लागि चुनौतिको सामना गरिरहेका छन् भने अर्काेतिर अर्थतन्त्र जोगाउन विभिन्न उपाय खोजिरहेका छन् । कोरोनाले धनी राष्ट्रहरुको अर्थतन्त्र जसरि प्रभावित गरेको छ त्यो भन्दा बढि नेपाल जस्तो गरिब राष्ट्रहरुलाई प्रभाव पारिरहेको छ ।

 ६५ प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा निर्भर रहेको नेपालको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । यो भन्दा बढी बैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिट्यान्सको योगदान ३० प्रतिशत रहेको छ । गत आर्थिक बर्षमा  ८ खर्ब ७९ अर्ब रेमिट्यान्स नेपाल आएकोमा थियो । तर, चालु आर्थिक बर्षमा करिब ८ खर्ब रूपैयाँ मात्रै भित्रिने अनुमान छ । अहिले नेपालबाट श्रम स्वीकृति लिएर बिदेश जानेको संख्या ५० लाख भन्दा बढी छ । त्यो मध्य ८० प्रतिशत नेपाली मलेसिया, कतार, साउदीलगायतका खाडी मुलुकहरुमा छन् ।

कोरोना महामारीले नेपालको आर्थिक बृद्दिदर १.५५ देखि २.८५ ले खुम्चिने विश्व बैकले प्रक्षेपण गरिसकेको छ जबकि बिगत केही बर्षमा नेपालले बार्षिक ६ प्रतिशतले आर्थिक बृद्दि गरेको थियो । अब ग्रामिण कृषि अर्थतन्त्र बाहेक रेमिट्यान्स, पर्यटन, बाह्य लगानि घट्ने निश्चित छ । 

कोरोना महामारीको कारण ती देशहरुमा रोजगारी कटौति भईरहेको खबर आइरहेका छन् । यसले कतिपय नेपालीहरु बेरोजगार भइसकेका छन् भने कतिपयको रोजगारी जोखिममा छ । कोरोना कहर समाप्त हुने बित्तिकै लाखौ   बेरोजगार, रोजगारी गुम्ने डर र परिवारसँग भेट्न लाखौ नेपाली फर्कने निश्चित छ  यसले नेपालमा भित्रिने रेमिट्यान्समा ठुलो गिरावट ल्याउने छ । नेपालको अर्थतन्त्र प्रभावित हुनेछ । कोरोना महामारीले नेपालको आर्थिक बृद्दिदर १.५५ देखि २.८५ ले खुम्चिने विश्व बैकले प्रक्षेपण गरिसकेको छ जबकि बिगत केही बर्षमा नेपालले बार्षिक ६ प्रतिशतले आर्थिक बृद्दि गरेको थियो । अब ग्रामिण कृषि अर्थतन्त्र बाहेक रेमिट्यान्स, पर्यटन, बाह्य लगानि घट्ने निश्चित छ । 

कोरोनासगै बिश्वमा अर्काे महामरीको रुपमा भोकमरी देखापर्ने बिभिन्न रिपोर्टहरुले देखाएका छन्  । नेपालले गत बर्ष करिब डेढ खर्बको कृषिजन्य बस्तुको आयात गरेको थियो । यस बर्ष पनि खेती लगाउने र भित्राउने समयमा घर भित्रै बस्नुपर्ने कारण उत्पादन घट्ने सम्भावना छ । एकातिर नेपालसंग करिब १० लाख हेक्टर खेतियोग्य जमिन बाँझैछ भने अर्काे तिर सजिलै उत्पादन हुने मकै, कोदो समेत भारतबाट आयात गरिरहेका छौँ ।

भारतमा समेत खाद्यान्न अभाव हुने समाचार सुनिँदै आएको छ जसले गर्दा त्यहाँबाट खाध्यान्न निर्यात रोकिने सम्भावना छ । हाम्रो अर्थतन्त्र कमजोर हुँदै जाने र खाद्यान्न पनि आयात गर्न नसकिने अबस्थामा कृषि क्षेत्रमा व्यापक आधुनिकरण गरि अगाडि बढ्नुको बिकल्प छैन

भारतमा समेत खाद्यान्न अभाव हुने समाचार सुनिँदै आएको छ जसले गर्दा त्यहाँबाट खाध्यान्न निर्यात रोकिने सम्भावना छ । हाम्रो अर्थतन्त्र कमजोर हुँदै जाने र खाद्यान्न पनि आयात गर्न नसकिने अबस्थामा कृषि क्षेत्रमा व्यापक आधुनिकरण गरि अगाडि बढ्नुको बिकल्प छैन । 

त्यस्तै नेपालकै सहरी क्षेत्रमा श्रम गरिरहेका श्रमिक समेत गाउँ फर्कने सम्भावना बढि देखिन्छ । उनीहरु गाउँ आएको मौकामा गाउँमा नै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक छ । गाउँमा सामान्यतया गरिने पेशा कृषि तथा पशुपालन नै हो । सबैको खेति योग्य जमिन नहुन सक्छ तर श्रम गर्ने शक्तिको उपयोग गर्नुपर्छ । त्यसको लागि स्थानिय निकायले बाँझो खेतीयोग्य जग्गा  किसानलाई निशुल्क उपलब्ध गराउने नीति अबलम्बन गराउन सक्छ ।

युवा श्रमिक नेपालमा रहनु राम्रो अबसर हो । उनीहरुलाई सहि परिचालन गरि १० हजार हेक्टर खेतियोग्य जमिनबाट कृषि अर्थतन्त्र थप मजबुत बनाउन सकिन्छ । यसले खाध्यान्न आयातलाई रोक्न सकिनेछ । विदेशमा चर्काे गर्मिमा पसिना बगाउने नेपालीहरुले स्वदेशमै राम्रो आम्दानी गरि परिवारको आर्थिक समस्या समाधान गर्न सक्नेछन् ।

यो अबसरलाई सदुपयोग गर्न राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखि युवालाई आकर्षित हुने प्याकेज ल्याउनु पर्छ । विदेशमा सिकेको सिपको आधारमा सानो तथा मझौला व्यबसायमा उद्यमशिल गराउन सकिन्छ । यदि बिदेशबाट फर्कने श्रमशक्तिलाई सहि रुपमा समयमा नै व्यबस्थापन गर्न सकिएन भने एकातिर युवाको बेरोजगारी बढ्ने छ भने अर्काे  तिर अनैतिक आर्थिक गतिबिधीहरु भ्रष्टचार, कालोबजारी, चोरी, डकैति आदिले प्रशय पाउनेछ । 

युवाहरुलाई कृषिमा आकर्षित गरि कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्न सकियो भने अप्ठ्यारो समयमा देशको लागि दिर्घकालिन निकास निस्कने छ । यो अबसरलाई सदुपयोग गर्न राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखि युवालाई आकर्षित हुने प्याकेज ल्याउनु पर्छ । विदेशमा सिकेको सिपको आधारमा सानो तथा मझौला व्यबसायमा उद्यमशिल गराउन सकिन्छ । यदि बिदेशबाट फर्कने श्रमशक्तिलाई सहि रुपमा समयमा नै व्यबस्थापन गर्न सकिएन भने एकातिर युवाको बेरोजगारी बढ्ने छ भने अर्काे  तिर अनैतिक आर्थिक गतिबिधीहरु भ्रष्टचार, कालोबजारी, चोरी, डकैति आदिले प्रशय पाउनेछ । 

 

किसानले गरेको उत्पादनलाई सहजरुपमा खरिद गरि स्थानिय स्तरमा सहकारी मार्फत बजारीकरण गर्न सकिन्छ । स्थानिय निकायमा कृषि तथा उपभोक्ता सहकारीको माध्यमबाट कम्तिमा पनि एउटा गुणस्तरिय कोल्ड स्टोर स्थापना गरि किसानको उत्पादनलाई भण्डारण गर्न सकिन्छ । कोल्ड स्टोर निर्माणको लागि केही अनुदान र केही सहुलियत कर्जामा परिचालन गर्ने नीति राज्यले लिनु आवश्यक छ । किसान उक्त सहकारीको सदस्य हुन्छ र आफ्नो उत्पादन उचित मुल्यमा त्यहाँ बिक्रि गरि आवश्यक उपभोग्य बस्तु आफ्नै सहकारिको उपभोक्ता पसलबाट खरिद गर्न सक्छन् । त्यस्तै आबश्यक पर्दा सहकारिबाट बचत र कर्जा सुविधा समेत लिन सक्छन् ।

एउटा किसानले उत्पादन गरेको बस्तु अर्काे किसानले सहकारी सुपथ मुल्य पसल मार्फत खरिद गर्न सक्छन् । सहकारीले संकलन गरिएको कृषि उपजलाई प्याकेजिङ गर्ने, प्रशोधन गर्ने आदि कार्य गरि थप बजारिकरण गर्नको लागि स्थानीय निकाय मार्फत जिल्ला, प्रदेश र केन्द्रका अन्य सहकारी तथा निजि संघ संस्थासंग समन्वय गर्न सक्छ ।

किसानलाई आफ्नो परिवारको आधारभुत आवश्यकता साथै उनीहरुको स्वास्थ्य उपचार, बालबच्चाको उचित शिक्षादिक्षा प्रदान गरि केही रकम बचाउन सक्ने गरि कृषि कर्ममा उत्प्रेरित गर्न सकियो  भने   मासिक तीस हजार कमाउन खाडी जानुपर्ने बाध्यता रहँदैन । यसरी किसानले  आफ्नै घरमा बसि स्वस्थकर खाना खाँदै आर्थिक उपार्जन गर्न सक्छन् ।  

स्थानिय निकाय मार्फत आफ्नो क्षेत्रमा कृषि बिशेषज्ञहरुको  सल्लाहमा व्यबसायिक   उत्पादन गर्न सकिन्छ । साथै बीउ विजन, मल, कृषि सामाग्रि, औषधी र अन्य बिशेषज्ञ सेवाहरु आबश्यकता अनुसार प्याकेज बनाएर  उपलब्ध गराउन सकिन्छ ।   किसानले गरेको उत्पादनमा विभिन्न प्राकृतिक प्रकोप, असिना, पानी,  हावाहुरि, खडेरि, बाढिपहिरो, रोगव्याधी आदिले नष्ट हुने भएकोले कृषि बिमालाई प्रभावकारि रुपमा अगाडि बढाउन सकिन्छ । यसले गर्दा किसानलाई अझै कृषि कर्ममा उत्प्रेरित गर्न उत्प्रेरित गर्छ ।

एउटै किसानले कोदो, मकै, गहुँ, आलु, फापर, धान, नगदेवालि, फलफुल आदि खेतीका साथै पशुपालन समेत गरेको देखिन्छ यसबाट उसको जीवन निर्वाह मात्र भएको हुन्छ । कतिपय स्थानमा जडिबुटी खेति राम्रो हुन्छ भने सोहि अनुसार मनग्गे आम्दानी गर्न सकिन्छ । पकेट क्षेत्र बनाएर कृषिलाई व्यबसायिक बनाउनु अहिलेको आबश्यकता हो ।

सहरी क्षेत्रमा  खेतियोग्य जमिनमा प्लटिङ गरि घरनिर्माण गर्ने कार्य तुरुन्त रोक्नु पर्छ । कृषिजन्य बस्तुको मागलाई केही हदसम्म कम गर्न कौसी खेतिलाई प्रभावकारी रुपमा प्रयोगमा ल्याउन सकिन्छ । यसरी कृषि क्षेत्रमा व्यापक क्रान्ति गर्न सकियो भने नेपालको अर्थतन्त्र थप मजबुत हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी विचार बाट थप

Top