सिभिल बैंक र सेलपेबीच डिजिटल सेवा भुक्तानी सहकार्य 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ जेठ ६, मङ्गलबार,१०:१९:AM  
सिभिल बैंक र सेलपेबीच डिजिटल सेवा भुक्तानी सहकार्य 

काठमाडौं । सिभिल बैंक र सेलपेबीच डिजिटल सेवा भुक्तानीको  सहकार्य भएको छ ।  ।  सो सहकार्य सम्झौतामा बैंकका उप प्रमुख कार्यकारी अधिकारी सुनिल कुमार पोखरेल र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सहकार्य अनुसार बैंकका ग्राहकले सेलपेमा आवद्ध गरिएका अन्य बैंकमा वा त्यहाँबाट सिभिल बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी गर्र्न सक्नेछन् ।

साथै मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिटान्स पठाउन बीमा रकम भुक्तानी, इएमआई गर्न सक्नेछन । बैंकले ११३ शाखा, २ एक्सटेन्शन काउण्टर तथा ८५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top