मल आयात प्रक्रिया निष्पक्ष र अभाव हुन नदिन सरकारलाई कांग्रेसको माग 

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ४, बिहीबार,०४:५९:PM  
मल आयात प्रक्रिया निष्पक्ष र अभाव हुन नदिन सरकारलाई कांग्रेसको माग 

काठमाडौं ।  नेपाली कांग्रेसले मल आयात प्रक्रियामा देखिएको चलखेल र भष्ट्रचार अन्त्य गर्न आग्रह गरेको छ ।  समयमै किसानलाई मल दिन नसकी सरकार ठेक्कामा अनियमतिता प्रति कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको हो । रासायनिक मलको अभावमा किसानको खेतमा धान पहेलिन थाल्दा पनि मल नपाइनुले सरकार कृषि र कृषकप्रति उदासिन रहेको प्रष्ट हुने कांग्रेसको भनाइ छ ।

कांग्रेसको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय समन्वय समितिका संयोजक पदमनारायण चौधरीले विज्ञप्ति जारी गरी सरकारले मल उपलब्ध नगराएर किसानलाई कृषि पेशाप्रति निरुत्साहित पारेको बताएका छन् ।

‘गरिब किसानहरुले दुःखकष्टका साथ लगाएको धानबालीनाली पहेलिएको अवस्थामा समयमै मल नहाल्दा बाली विग्रीने, उत्पादनमा ह्रास आउने र जसको कारण भविष्यमा भोकमरी सिर्जना हुने अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबै निकाय गम्भीर हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ ।

‘कृषकहरुको पीडावोध गरी तत्काल निकासको बाटो खोजी सहज तथा सुलभका साथ मल उपलब्ध गराउनका लागि सरकार समक्ष जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘यसै गरी हिउँदे वालीको लागि कृषकलाई आवश्यक पर्ने मलको अभाव हुन नदिन पूर्व तयारी गर्न र गम्भीर हुनका लागि सचेत गर्दछौं ।’

कोरोना महामारी, बाढीपहिरो  र डुवानको समस्या झेलिरहेका किसान मल अभावले प्रताडित हुँदा सरकार गम्भिर बन्न आग्रह गरिएको छ ।

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top