निरन्तर सक्रिय रहने उद्योगी/व्यवसायीले पाँच महिनादेखि घरभित्र थुनिँदाको पीडा यसरी पोखे  

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै ६, शनिबार,११:३५:AM  
निरन्तर सक्रिय रहने उद्योगी/व्यवसायीले पाँच महिनादेखि घरभित्र थुनिँदाको पीडा यसरी पोखे  

काठमाडौं । हरेक दिन राजनीतिक तथा प्रशासनिक तहमा हुने भेटघाट र आफ्नो व्यवसाय प्रवद्र्धनमा अहोरात्र खटिने उद्योगी/व्यवसायीहरु विगत पाँच महिनादेखि घरभित्रै बस्न वाध्य भएका छन् । 

नयाँ व्यवसाय सुरु गर्ने परिकल्पना, त्यसका लागि बजारको अवस्थाको बारेमा अध्ययन, अन्तर्राष्ट्रिय बजारको बारेमा सोच्ने र त्यही अनुुरुप योजना बनाउन निरन्तर लागि परिरहने अधिकांश उद्योगी/ व्यवसायी कोरोना कहरपछि बन्द कोठामा मात्रै सीमित छन् । 

उनीहरुले यो बीचमा न नयाँ योजना सोच्न सकेका छन्, नत भएकै व्यवसायलाई अघि बढाउन नै । विश्वभर फैलिएको कोरोना भाइसरको संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकै दिनबाट उद्योगी/व्यवसायीको आइडिया, नयाँ व्यवसाय विस्तार तथा भएको व्यवसायको क्षमता बढाउन पनि लकडाउन सुरु भयो । 

‘भइरहेको व्यवसाय एकाएक सुनसान हुन पुग्यो । अर्बौ रुपैयाँ ऋण लिएर सुरु गरेको व्यवसाय बन्द गरेर घरमा बस्नु पर्यो । घरमा बस्दा बैंकको ऋणको ब्याज, कर्मचारीको तलब सुविधाले पोलिरह्यो,’ कोरोना महामारीपछि सिर्जित अनुभव सुनाउँदै उद्योगी शशिकान्त अग्रवालले भने, ‘व्यवसाय नै बन्द गरेर घरमा बन्दा कसरी सुत्न सकिन्छ ? कसरी मनमा शान्ति आउँछ ?’ 

‘देश ठप्प छ, व्यापार व्यवसाय शुन्य छ, कुनै वस्तुको माग छैन, व्यवासय गर्ने भनेर बैंकलाई भएभरको सम्पत्ति बुझाएर ऋण लिएका छौं । तर, व्यवसायमा ताल्चा लगाउनुको पीडा त्यही उद्योगीले जति बुझ्न सक्छ, सायदै अरु कसैले बुझ्दैन’ देशमा लकडाउन भएसँगै सम्पूर्ण उद्योग व्यवसाय बन्द गरेर बसेका उद्योगी वीरेन्द्र साह भन्छन्, ‘बैंकलाई सम्पत्ति बुझाएर ऋण लिएर सुरु गरेको उद्योग पाँच महिनादेखि बन्द गर्नुपर्दा कति पीडा होला ।’ 

‘भइरहेको व्यवसाय एकाएक सुनसान हुन पुग्यो । अर्बौ रुपैयाँ ऋण लिएर सुरु गरेको व्यवसाय बन्द गरेर घरमा बस्नु पर्यो । घरमा बस्दा बैंकको ऋणको ब्याज, कर्मचारीको तलब सुविधाले पोलिरह्यो,’ कोरोना महामारीपछि सिर्जित अनुभव सुनाउँदै उद्योगी शशिकान्त अग्रवालले भने, ‘व्यवसाय नै बन्द गरेर घरमा बन्दा कसरी सुत्न सकिन्छ ? कसरी मनमा शान्ति आउँछ ?’ 

कोरोना महामारी विश्वभर फैलिएको छ । संसारलाई यसले आक्रान्त बनाएको छ । विश्कै अर्थतन्त्र धर्मराएको छ । त्यसको असर नेपालमा पनि परेको छ । तर, त्यहाँको सरकारले अर्थतन्त्र धर्मराएको बुझेको छ । त्यहाँका उद्योगीलाई परेको अप्ठयारो त्यहाँको सरकारले बुझेको छ । उद्योग/व्यवसायको महत्व बुझेको छ । त्यहाँ र यहाँ फरक यति हो, त्यहाँ उद्योगी बचाउन सरकार लागेको छ, यहाँ (नेपाल)मा छैन ।

नेपाल इटरप्राइजेज (एनई) ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठका अनुसार सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेकाले अफिस तथा उद्योग जान कठिनाई भएको छ । सरकारले राम्रो उद्देश्यले लकडाउन गरे पनि त्यसले व्यवसायमा असर परेको उनको बुझाइ छ । 

‘दिनमा १६ घण्टा भन्दा बढी समय व्यस्त रहने उद्योगी साथीहरुलाई लकडाउनले केही दिन त अत्यधिक छट्पटी बनाएको थियो,’ श्रेष्ठले भने, ‘तर, केही दिनपछि बानी पर्यो र घरबाटै धेरैजसो काम हुन थाल्यो । मिटिङ तथा भेटघाट पनि डिजिटल माध्यमबाट बढी हुँदै गएको छ ।’

‘बैंकको ब्याज, कर्मचारीको तलबको चिन्ता त छँदै छ, त्यसबाहेक उद्योग बन्द गर्नु पर्दाको पीडा व्यवसायीलाई निरन्तर सताइरहेको छ,’ शंकर ग्रुपका अध्यक्ष शंकर गोल्यानले भने, ‘पाँच महिनादेखि उद्योग सुचारु हुन सकेका छैनन् । एउटा उद्योगीलाई त्यो भन्दा ठूलो पीडा केही हुँदैन ।’ 

सरकारले असारमा लकडाउन केही खुकुलो बनायो भने साउन ६ गतेबाट लकडाउन पूर्ण रुपमा हटाएको थियो । यद्यपि, औद्योगिक नगरीमा कोरोना महामारी भुसको आगो जसरी सल्किएपछि स्थानीय सरकारले धमाधाम आफ्नो क्षेत्र सिल गरे र त्यहाँ भएका उद्योग फेरी बन्द भए । अहिले ३६ जिल्लामा सिल, निषेधाज्ञा र लकडाउन गरिएको छ । यसैभित्र पर्छन औद्योगिक नगरी । 

‘सरकारले पूर्ण रुपमा निषेधाज्ञा जारी गरेको छ । सम्पूर्ण व्यवसाय ठप्प छ । घरभित्र थुनिएर बसेका छौं ।  हाम्रो मनमा चैन छैन्,’ अग्रवाल भन्छन्, ‘ज्यान घरमा छ, मन, तन सबै होटल, उद्योगतिरै डुलिरहेको हुन्छ ।’ 

सरकारले यही बेला कर तिर्न दबाब दिन्छ, बैंकको प्रेसर कुरै नगरौ । कर्मचारीलाई पनि न्याय गर्नुपर्ने उद्योगीको दायित्व छँदैछ । यस्तो बेलामा घरमा बस्न सक्ने अवस्था नै नहुने गोल्यानको भनाइ छ । 

‘एक्लै घरमा बस्दा मनमा अनेकथरी कुरा आउने भएकाले समूह बनाएर बस्दा एकछिन भएपछि व्यवसायतिरको पीडा विर्सिन्छ,’ शशिकान्त अग्रवालले भने, ‘पीडा भुल्नका लागि त्यसरी एकैठाउँ जम्मा हुने र गफ गरेर रमाइलो गर्ने गरिरहेका छौं ।’ 

‘हामी त व्यवसाय गर्न रुचाउने मान्छे हो । हरेक दिन केही नयाँ गर्न सकिन्छ कि भनेर सोच्ने गर्छाै । घरमा बस्नु भनेको हाम्रा लागि पीडादायी अवस्था हो,’ उद्योगी वीरेन्द्र साहले भने, ‘एकबाट दुई र दुईबाट चार बनाएर अघि बढ्ने व्यापारीको बानी हुन्छ । तर, कोरोनाले सबै बाटो बन्द मात्रै गरिदिएन्, व्यवसायीलाई चरम निराशामा परिणत गरिदियो ।’ 

व्यवसायीका आ–आफ्नै समूह छन् । एउटा समूहभित्र १० जना उद्योगी व्यवसायी हुन्छन् । मन मिल्नेहरुबीच समूह बनाए र कहिले कसको घरमा रमाइलो गर्न पुगे त कहिले कसको घरमा । 

‘एक्लै घरमा बस्दा मनमा अनेकथरी कुरा आउने भएकाले समूह बनाएर बस्दा एकछिन भएपछि व्यवसायतिरको पीडा विर्सिन्छ,’ शशिकान्त अग्रवालले भने, ‘पीडा भुल्नका लागि त्यसरी एकैठाउँ जम्मा हुने र गफ गरेर रमाइलो गर्ने गरिरहेका छौं ।’ 

यसलाई कतिपय व्यवसायीले साथीभाइसँग समय बिताउने अवसरको रुपमा पनि लिएका छन् । व्यवसाय पूर्ण रुपमा सूचारु भएको भए, साथीभाइसँग जमघट, रमाइलो गर्ने भन्ने समय नै हुँदैन्थ्यो । तर, अहिले त साथीभाइबीच रमाइलो गरेर समय बिताउने गरिएको शारडा ग्रुपका अध्यक्ष शिवरतन शारदा बताउँछन् । 

तर, योबीचमा काठमाडौंका केही ठूला कर्पोरेट हाउसका प्रमुख वा त्यहाँ काम गर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकाले अहिले त्यसरी जमघट बन्द गरिएको उद्योगीहरु बताउँछन् । 

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी उद्योग बाट थप

Top