नियमावली जारी भएपछि मात्र जग्गाको कित्ताकाट हुने, हाललाई प्रचलित ऐनअनुसार नै कित्ताकाट

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ भदाै २९, साेमबार,११:१७:AM  
नियमावली जारी भएपछि मात्र जग्गाको कित्ताकाट हुने, हाललाई प्रचलित ऐनअनुसार नै कित्ताकाट

काठमाडौं । सरकारले भू–उपयोग नियमावली जारी नहुन्जेलसम्मका लागि भू–उपयोग ऐन २०७६ र प्रचलित ऐनअनुसार नै जग्गाको कित्ताकाट गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

यसअघि भदौ १८ गते मन्त्रिस्तरीय निर्णयबाट भूमि मन्त्री पद्मा अर्यालले कृषियोग्य जमिनको खण्डकीकरणसम्वन्धी यसअघि भएका सम्पूर्ण निर्णयहरु बदर गर्दै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेकी थिइन् । भू–उपयोग ऐन जारी भएपनि प्रस्तावित भू–उपयोग नियावली जारी नहुन्जेलसम्मका लागि हाललाई प्रचलित ऐनअनुसार नै कित्ताकाट गर्ने निर्णय भएको भूमि मन्त्रालयले जनाएको छ ।

भू–उपयोग नियमावली जारी भइ भू उपयोग नक्सा÷डाटा स्थानीय तहलाई हस्तान्तरण भएपछि सोहीबमोजिम हुने गरी हाललाई भू उपयोग ऐन २०७६ अनुसार वा प्रचलित कानुनको परिधिभित्र रही जग्गाको कित्ताकाट खुलाउ मातहतका कार्यालयलाई मन्त्रालयले निर्देशन दिएको हो ।

स्थानीय तहले आफ्नो कानुनद्धारा मापदण्ड निर्धारुण गरेकोमा साही अनुरुप र त्यस्तो मापदण्ड नतोकिएको अवस्थामा भूमि सम्वन्धी नियमावली, २०२१ को नियम ३९(थ)ले तोकेको न्युनतम इकाई नघटाई कृषि क्षेत्र र गैर कृषिक्षेत्र छुट्टिने गरी सम्वन्धीत स्थानीय तहको सिफारीका आधारमा जग्गाको कित्ताकाट कार्यान्वयनमा रहने मन्त्रालयले जनाएको छ ।

No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top