लकडाउन र निषेधाज्ञापछि खुले सपिङ मल, छैन कारोबार(फोटो फिचर) 

account_box नाजिया श्रेष्ठ ,
प्रकाशित: २०७७ भदाै ३०, मङ्गलबार,१२:२६:PM  
लकडाउन र निषेधाज्ञापछि खुले सपिङ मल, छैन कारोबार(फोटो फिचर) 

कोभिड—१९ को महामारी नियन्त्रणका लागि सरकारद्धारा आह्वान गरिएको १२० दिनको देशव्यापी लकडाउन र पछिल्लो समयमा उपत्यकामा जिल्ला प्रशासन कार्यलयद्धारा लागु गरिएको निषेधाज्ञाका कारण देशभरीको पसल, यातायत तथा मानिसहरुको जमघट हुने र भिडभाड हुने सम्पूर्ण क्षेत्रहरु पूर्ण रुपमा नै बन्द रह्यो ।

यस अवधिमा उपत्यकामा रहेको विभिन्न सपिंग मलहरु पनि पूर्ण रुपमा बन्दकै अवस्थामा रहेको थिए । पछिल्लो समयमा उपत्यकामा लगाईएको निषेधाज्ञा खुकुलो भएसँगै सपिङ मलहरु पनि सञ्चालनमा आएका छन् ।  मलहरुले कोरोना महामारीबाट बच्न विभिन्न सुरक्षा मापदण्ड अपनाएर कारोबार अघि बढाएका छन् ।  

मलहरुमा कोभिड १९ रोकथामका लागि भौतिक दुरी कायम गने देखि पसलमा आउने ग्राहकको संख्या समेत तोकेका छन् । सरकारद्धारा नै हप्ताको तीन दिन मलहरु खोल्नका लागि अनुमति दिएको छ । सपिङ मलहरु खुलेपनि त्यति कारोबार हुन सकेको छैन् । व्यवसायीहरु मल खुलेपनि ग्राहककै पर्खाइमा छन् । 

नेपालीका महान चाडपर्व नजिकिँएसँगै किनमेल गर्नेहरुको चाँप बढ्नुपर्नेमा कतिपय सपिङ मलहरु सुनसान जस्तै छन् । केहीमा भने ग्राहकहरु फ्याट्टफुट्ट मात्रै आउने गरेको व्यवसायीको गुनासो छ । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

नाजिया श्रेष्ठ

क्यापिटल नेपालका फाेटाेपत्रकार हुन् ।

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top