भारतमा फाइभजी स्मार्टफोन सस्तिदैं, मुकेश अम्बानीले २५०० भारुमै दिने

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक २, आइतबार ,०८:०५:PM  
भारतमा फाइभजी स्मार्टफोन सस्तिदैं, मुकेश अम्बानीले २५०० भारुमै दिने

एजेन्सी । भारतका सर्वाधिक धनी मुकेश अम्बानीको स्वामित्वमा रहेको टेलिकम कम्पनी रिलायन्स जीओ प्लेटफर्म लिमिटेडले सस्तो मूल्यमा पाँचौ जेनेरेशन (फाइभ जी)  स्मार्टफोन ल्याउने तयारी थालेको छ ।

सुरुवाती चरणमा ५ हजार भारु मूल्य तय गरिएको छ । विस्तारै मूल्य घटाएर २ हजार ५०० देखि ३ हजार भारुमा झार्ने जीओ टेलिकमले जनाएको छ ।

कम्पनीले भारतमा दोस्रो पुस्ता (टुजी) मोवाइल सेवा प्रयोग गरिरहेका ३५ करोड ग्राहकलाई लक्षित गरी फाइभजी स्मार्ट फोन सञ्चालनमा ल्याउन लागेको हो । सुरुवाती मूल्य ५ हजार भारु भए पनि बजार विस्तार हुँदै गएपछि यसलाई घटाएर २ हजार ५०० देखि ३ हजार भारुमा झार्ने योजना रहेको जीओले जानकारी दिएको छ ।

भारतमा अहिले फाइभजी स्मार्ट फोनको सुरुवाती मूल्य २७ हजार भारु छ । रिलायन्स इन्डष्ट्रिज लिमिटेडको ४३ औं वार्षिक साधारणसभामा अध्यक्ष तथा प्रवन्ध निर्देशक मुकेशले भारतलाई टुजी प्रविधि मुक्त बनाउने योजना सार्वजनिक गरेका थिए ।

उनले टुजी स्मार्टफोन प्रयोग गरिरहेका ३५ करोड भारतीयलाई सस्तो दरमा उपलब्ध गराएर उनीहरुलाई फाइजी स्मार्टफोनको युगमा प्रवेश गराउने जानकारी दिएका थिए ।

मुकेशले जीओको ७.७ प्रतिशत स्वामित्व अमेरिकाको सर्च इन्जिन गूगल इंकलाई ३३ हजार ७३७ करोड भारुमा बिक्री गरेका छन् ।

 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी सूचना प्रविधि बाट थप

Top