काठमाडौं। संसरका सय उत्कृष्ट थिङ्कट्यांकको सूचीमा नेपालका दुई संस्था (समृद्धि फाउन्डेसन र पोलिसी रिसर्च इन्ष्टिच्युट) परेका छन्। समृद्धि फाउन्डेसन आर्थिक स्वतन्त्रता, उद्यमशीलता र तथ्यमा आधारित सुधारलाई प्रवर्द्धन गर्न समर्पित थिंकट्याङ ठहरिएको छ।
समृद्धिले नेपालको वर्तमान मामिलाहरूः हामी कहाँ जाँदै छौं?, मासिक छलफल शृङ्खला प्रकाशित गर्छ। आर्थिक वृद्धिका लागि क्षेत्रीय व्यापार बढाउने, नेपालको निर्यातको विश्लेषण गर्ने र क्षेत्रीय व्यापारलाई बढावा दिन रणनीति प्रस्ताव गर्ने कार्य गरेको छ। समृद्धिले सम्पत्ति अधिकार, बसाइँसराइँ र शासन जस्ता विकासका मुद्दाहरु उठाउने गर्छ।
नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) सरकारी थिंकट्यांक हो। यो पनि संसारका सयभित्र परेको छ। यसले विश्लेषणात्मक प्रतिवेदन तयार पारेर नीतिगत सुधारका लागि काम गर्दै आएको छ। सरोकारवालासँग संवाद गरेर विकास, कूटनीति र सुधारमा कार्यमा पहलकदमी लिँदै आएको छ।
सन् २०२५ का लागि '१०० थिंकट्यांक अवलोकन' शीर्षकको ताजा प्रतिवेदनले विश्वभरका नीति संस्थाहरूले सार्वजनिक नीति निर्माणमा अभूतपूर्व प्रभाव पारिरहेको उजागर गरेको छ। यसरी प्रभाव पार्नेमा नेपालको समृद्धि फाउन्डेसन पनि परेको छ। नेपालमा भएका दर्जनौ थिंकट्यांकमध्ये सबैभन्दा नीतिगत सुधार, व्यावसायिक स्वतन्त्रतामा समृद्धिको महत्वपूर्ण योगदान गरेको प्रतिवेदनमा उल्लेख छ।
विश्वका अग्रणी थिंकट्यांक जलवायु वित्त, निर्वाचन सुधार र सरकारी पारदर्शितामा ठोस उपलब्धि हासिल गरेका छन्। बेलायतको इथ्रीजी संस्थाले विकासशील देशका लागि १.३ ट्रिलियन डलर वार्षिक जलवायु वित्त गतिशील बनाउने 'बाकु-बेलेम रोडम्याप'मा महत्वपूर्ण भूमिका निभाएको छ। साथै, यसले बेलायतको १३.२ अर्ब पाउन्डको ऐतिहासिक 'वार्म होम्स प्ल्यान' पारित गर्न सफल भएको छ।
अर्जेन्टिनामा सीआईपीपीईसीले एक दशकको निरन्तर अभियानपछी निर्वाचन पारदर्शिता बढाउन 'बोलेता युनिका डे पेपल' सुधार अनुमोदनमा निर्णायक भूमिका खेले। अमेरिकाको क्विन्सी इन्ष्टिच्युटले विदेशी र सैन्य वित्तपोषण सार्वजनिक गर्ने पहिलो डाटाबेस 'थिंकट्यांक फन्डिङ ट्र्याकर' सुरु गरेको छ।
केन्द्र फर फ्यूचर जेनरेसन्स (बेल्जियम)ले कृत्रिम बुद्धिमत्ताले समाजमा पारिरहेको प्रभाव अन्वेषण गर्न इन्टरएक्टिभ दूरदर्शन उपकरण विकास गरेको छ। कोसोभोको जीएपी इन्ष्टिच्युटले सार्वजनिक खर्च पारदर्शितामा डाटा भिजुअलाइजेशन उपकरण विकास गरेको छ।
पेरुको एसपीडीए संस्थाले कानूनी कारबाही र मल्टीमिडिया अभियान संचालन गरी २०२५ मा पेरुको पहिलो आद्र्रभूमी कानून पारित गर्न सफल भएको छ। यसैगरी संसारका वटा थिंकट्यांकले आ-आफ्नो क्षेत्रमा उल्लेखिय भूमिका निर्वाह गरेको प्रतिवेदनमा उल्लेख छ।