सुधिर पराजुलीकाे नेतृत्वमा आइस्पानले पायाे नयाँ कार्यसमिति

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ कात्तिक १९, बुधबार,०६:२६:PM  
सुधिर पराजुलीकाे नेतृत्वमा आइस्पानले पायाे नयाँ कार्यसमिति

सुधिर पराजुलीकाे नेतृत्वमा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)ले नयाँ कार्यसमिति पाएकाे  छ ।                                                       इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठनको रुपमा रहेको आइस्पानको अध्यक्षमा सुधिर पराजुली सर्बसम्मतरुपमा चयन भएका हुन । 
लामो समयदेखि इन्टरनेट तथा केबल टिभी सेवामा सक्रिय पराजुली सुबिसु केबलनेट प्रालिका अध्यक्ष हुन् ।

उनको नेतृत्वमा १० सदस्यिय कार्यसमिति समेत गठन भएको छ । आइस्पानको उपाध्यक्षमा प्रमेश खरेल चयन भएका छन् । त्यसैगरी सचिब कमल प्रसाद बास्तोला
महासचिब नवीन कुमार श्रेष्ठ, कोषाध्यक्षमा पुस्कर सिंह बडाल , वरिष्ठ सल्लाहकारमा बिजय जलान, बिनय बोहरा र विनय मोहन साउदलाई चुनिएको छ ।
आइस्पानको कार्यसमिति सदस्यमा भने विनोद तिमल्सिना , सुरेन क्षेत्री र मधु कुमार अमात्य भएका छन् । बुधबाार  जूम मिटिङ्गमार्फत नयाँ कार्यसमिति चयन भएको हाे । 

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी मुख्य समाचार बाट थप

Top