काठमाडौं । २७ वर्ष अघिदेखि चाकु उत्पादन गर्न शुरु गरेका टोखाका बुद्ध श्रेष्ठलाई यति बेला चाकु बनाउन भ्याइनभ्याइ छ । माग निरन्तर आइरहेको छ तर, सोअनुसार उनले उत्पादन गर्न सक्ने स्थिति छैन ।
श्रेष्ठले २७ वर्षअघि यो व्यवसाय थाल्ने समयमा साधारण चाकुको मात्रै बजारमा माग थियो । तर, अहिले साधारणभन्दा मसलादार र स्पेशल चाकुको माग बढी देखिन्छ । मसलादार चाकुमा नरिवल मिसाइएको हुन्छ । साथै, स्पेशलमा भने नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइएको हुन्छ । जसले गर्दा अन्यभन्दा स्पेशल चाकुको मूल्य अलि महँगो छ ।
नेवारी सँस्कृतिमा माघ १ गते चाकु खानै पर्ने प्रचलन छ । साथै नेवार समुदायमा काजक्रियाको बेलामा पनि चाकु खाने गरिन्छ। त्यस्तै, चिसो लागेका मानिसलाई चाकु खुवाएमा सन्चो हुने पनि हुन्छ। विशेषगरी माघे संक्रान्तिमा चाकु खाइन्छ ।
काठमाडौं उपत्यकामा पनि यस अवसरमा चाकुको माग बढी रहन्छ । काठमाडौं टोखा, ललितपुरको पाटन चाकु बनाइने नामले पनि प्रसिद्ध छ ।
थप
expand_moreकम
expand_less