संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहको विरोध सभामा जे देखियो(फोटो फिचर)

account_box क्यापिटल नेपाल ,
प्रकाशित: २०७७ माघ ९, शुक्रबार,०४:१४:PM  
संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहको विरोध सभामा जे देखियो(फोटो फिचर)

काठमाडौं । संसद विघटनविरुद्ध दाहाल–नेपाल समूहले राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न नौ स्थानमा भेला भएर नेकपाका नेता, कार्यकर्ताले जुलुस निकालेका हुन् ।  

स्थायी कमिटी सदस्यहरुले र्‍यालीको नेतृत्व गरेका छन् । पार्टी नेता, कार्यकर्ता, जनवर्गीय सङ्गठन, पेशाकर्मी, युवा, विद्यार्थी सम्मिलित जुलुस राजधानीका विभिन्न भाग परिक्रमा गर्दै रत्नपार्कस्थित मूल सडकमा आयोजना गरिएको विरोधसभामा परिणत हुने नेकपाले जनाएको छ । 

राजधानीका विभिन्न स्थानबाट निस्केका् जुलुसको नेतृत्व प्रवक्ता नारायणकाजी श्रेष्ठले गरेका थिए । त्यस्तै, नेकपा नेता योगेशकुमार भट्टराई, स्थायी कमिटी सदस्य गणेश साह, गिरिराजमणि पोखरेल,  लीलामणि पोखरेल, हरिबोल गजुरेल, शक्तिबहादुर बस्नेत, बेदुराम भुसाल भीमबहादुर रावल,  नन्दकुमार प्रसाईं, देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णबहादुर महरा, पम्फा भुसाल, मातृकाप्रसाद यादव,  रघुजी पन्त,  घनश्याम भुसाल, जनार्दन शर्मा,वर्षमान पुन लगायतले गरेका छन् ।     

जुलुसमा काठमाडौँ उपत्यका र आसपासका जिल्लाबाट नेकपाका नेता, कार्यकर्ता तथा जनसमुदाय बाक्लो उपस्थिति रहेको छ । जुलुसपछि आयोजित सभालाई नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने जनाइएको छ । यही माघ ३ गते बसेको सङ्घर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ ९ गते विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आइरहेको छ ।

विरोध सभाका कारण यात्रा गर्ने यात्रु तथा पैदलयात्रु समेत लामो ट्राफिक जामको मार खेपेका थिए । पाटन जानुपर्ने मान्छेहरुलाई चाबहिलमा लगेर ओरालिएको थियो । त्यस्तै, रत्नपार्क आउनुपर्ने सवारीलाई महाराजगन्ज फर्काइएको थियो । यसले गर्दा दैनिक काममा जानुपर्ने व्यक्ति, अस्पताल र विद्यालय जानुपर्ने विद्यार्थी प्रभावित भएका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.

क्यापिटल नेपाल

थप

expand_more
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

क्याटेगोरी राजनीति बाट थप

Top