एक वर्षअघि नै सञ्चालनमा ल्याउने गरी निर्माण कार्य अगाडि बढाएको भए पनि कोभिडका कारणपछि धकेलिएको सो होटल आउँदो दसैंदेखि सञ्चालनमा ल्याउन लागिएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्ण न्यौपानेले जानकारी दिए । नयाँ आर्थिक वर्षको पहिलो पर्यटकीय सिजनलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ ।
एउटा सरकारले बजेटमा एउटा कुरा समेट्छ, अर्को सरकारले हटाइदिन्छ । धरापमा रहेर कुनै लगानीकर्ता लगानी गर्न चाहँदैनन् ।
त्यही भएर हामीले बारम्बार भन्दै आएको छौं– नीतिगत सुधार होस् ।
अर्थमन्त्री जनार्दन शर्माले देशभित्र औद्योगिक उत्पादन बढाउन तीन तहको भन्सार दर कायम गर्न चाहेका छन् । कच्चा पदार्थको एउटा भन्सार दर, अर्ध तयारी वस्तुको एउटा भन्सार दर र तयारी वस्तुको एउटा भन्सार दर बनाउने गरी काम गर्न बजेट लेखन समितिलाई अर्थमन्त्री शर्माले निर्देशन दिइसकेका छन् ।
काठमाडौं । सेयर बजारमा गिरावट आउनेक्रम बिहीबार पनि जारी रहेको छ । यस दिन नेप्से सूचक २३.५१ अंकले घटेर २२५०.९१ विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन...