काठमाडौं। अर्थ मन्त्री स्वर्णिम वाग्लेले भन्सार विभागलाई राजस्व चुहावट नियन्त्रण र लक्ष्यअनुसार राजस्व संकलन गर्ने निर्देशन दिएका छन्। मन्त्री वाग्लेले सोमबार विभागको अनुगमन तथा निरीक्षण गर्दै विभागका महानिर्देशकदेखि अन्य कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।
मन्त्री वाग्लेले कर्मचारीहरूलाई निर्देशनसँगै विभागले गर्दै आइरहेको कार्यको प्रशंसा गरेका थिए। विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले मन्त्री वाग्लेलाई विभागले गरेका हालसम्म गरेको कार्य प्रगतिलगायत विभागले गर्दै आइरहेको कामबारे मन्त्री वाग्लेलाई जानकारी गराएको बताए।
निरीक्षणका क्रममा मन्त्री वाग्लेले देशभरका १० वटा अन्य भन्सार कार्यालयलाई समेत भर्चुअल मिटिङमार्फत राजस्व संकलनलगायत चुहावटका विषयमा लाग्न निर्देशन दिएका थिए। उनको निर्देशनपछि विभागले व्यापार सहजीकरण गरेर राजस्व संकलनलगायत राजस्व चुहावटलाई रोकेर लक्ष्यअनुसार राजस्व संकलन गर्नेतर्फ अगाडि बढ्ने महानिर्देशक भण्डारी बताउँछन्।
आइटीसेक्टरलाई समेत बढाउने तयारीमा आफूहरू लाग्ने उनले बताए। राजस्व डिजिटल एआई लेन यात्रु शाखा स्थापना गरेर छिटै नै साना तथा मझौला व्यापार व्यवसायलाई व्यवस्थित गरेर लैजाने उनको भनाइ छ।
भन्सार कार्यालयमा अनलाइन भ्यालुइसन प्रणाली जडान गरेपछि ४० प्रतिशत राजस्व संकलनमा सुधार आएको महानिर्देशक भण्डारी बताउँछन्। महानिर्देशक भण्डारी विभाग र मातहतका कार्यालयमा कर्मचारीलगायत विभिन्न समस्याका विषयमा मन्त्री वाग्लेलाई आफूहरूले जानकारीसमेत गराएको बताए।
मन्त्री वाग्लेले सदैव आफू कर्मचारीको साथमा रहेको र कर्मचारीलाई काममा कुनै पनि असहज हुने किसिमको कार्य नगर्ने बताएका थिए। विभागलाई केही कानुनी प्रक्रियाबाट काम गर्ने केही समस्या रहेमा मन्त्रालय ऐन कानुन संशोधन गर्नु तयार रहेको बताएका थिए।
मन्त्री वाग्लेले सरकारको १०० बुँदे सुशासन मार्ग चित्र २०८२ मा विभागसम्बन्धी केही कार्यहरू भएमा त्यसलाई सुधारसँगै कार्यान्वयन गरेर अगाडि बढ्न विभागलाई निर्देशन समेत दिएका थिए।