काठमाडौं । सनराइज बैंक र जोन्टा क्लबबीच अनलाइन शिक्षा प्रदान गर्न सहकार्य भएको छ । सनराइज बैंक लिमिटेडको १३ औं वार्षिकोत्सवमा जोन्टा क्लब काठमाडौंले अनलाइन शिक्षा प्रदान गर्न आंशिक रूपमा लगानी गरेर सहयोग पु¥याएको छ ।
बैंकबाट प्राप्त भएको ३ लाख रुपैयाँको प्रारम्भिक सहयोगले यस विद्यालयका शिक्षकहरुलाई ल्यापटप, डिजिटल साक्षरता, र प्रशिक्षण प्रदान गर्ने प्रारम्भिक चरणमा कार्यान्वयन गरिने जनाइएको छ ।
कोभिड—१९ लकडाउनमा सार्वजनिक विद्यालयको शिक्षा लगभग रोकिएको छ । जोन्टा क्लब काठमाडौंले यस अवस्थाका बारेमा चिन्तासहित यस्ता विद्यालयमा बालबालिकाहरु विशेष गरी केटीहरूले पीडित हुने हुँदा तथा निजी र सार्वजनिक विद्यालयहरूमा शिक्षामा फराकिलो अन्तर हुने पाइएकोले, विद्यालयमा अनलाइन शिक्षा शुरू गर्न सहयोग पु¥याएको छ । यो पहल नेपालको सब भन्दा पुरानो र ऐतिहासिक विद्यालय, दरबार हाईस्कुलमा शुरू भइरहेको छ ।
महिला शिक्षकसँगै पुरुष शिक्षकहरूलाई पनि ल्यापटप र शिक्षा प्रदान गरिने भएको हो । जोन्टा क्लब काठमाडौं र दरबार हाईस्कूलले सनराइज बैंकको योगदानलाई सम्मान गर्दै सहकार्य गर्दै जाने बताएका छन् ।
जोन्टा क्लब काठमाडौं २०१२ मा जोन्टा इन्टरनेसनलको छाता अन्तर्गत स्थापित भएको थियो । जÞोन्टाले यस्तो विश्वको कल्पना गरेको छ जहाँ महिलाको अधिकारलाई मानव अधिकारका रूपमा मान्यता दिइएको छ र हरेक महिला आफ्नो पूर्ण क्षमता हासिल गर्न सक्षम छ ।
यस्तो संसारमा महिलाको सबै स्रोतमा पहुँच छ र पुरुषसँग समान आधारमा निर्णय लिने स्थितिमा प्रतिनिधित्व हुन्छ । यस्तो संसारमा कुनै पनि महिला हिंसाको डरले बस्दैनन् ।