काठमाडौं। नेपालमा चिनियाँ प्रिमियम इलेक्ट्रिक सवारी साधन ब्रान्ड ‘स्काईवेल/स्काईवर्थ’को आधिकारिक बिक्रेता परिवर्तन भएको छ। यसअघि जी मोटर्ससँग रहेको डीलरसीप अब एलआरआर मोटर्सले लिएको छ।
उत्पादक कम्पनीले जी मोटर्ससँगको आधिकारिक सम्झौता छोटो समयमा नै खारेज गरी प्रिमियम ईभी ब्रान्ड ‘स्काईवेल/स्काईवर्थ’को नयाँ बिक्रेताको रुपमा नेपाली बजारमा एलआरआर मोटर्सलाई नियुक्त गरेको छ। स्काईवेलको उत्पादक कम्पनी ‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले जी मोटर्ससँगको आधिकारिक बिक्रेता सम्झौता खारेज गरी नयाँ आधिकारिक डिलरको रुपमा एलआरआर मोटर्सलाई नियुक्त गरेको हो।
स्काईवेलको उत्पादक कम्पनी ‘जियान्सु स्काईवेल अटोमोबाइल कम्पनी लिमिटेड’ले जुन ५, २०२६ देखि लागू हुने गरी जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट औपचारिक रूपमा हटाएको थियो। उत्पादक कम्पनीले जी मोटर्ससँगको आधिकारिक सम्झौता खारेज गरी प्रिमियम ईभी ब्रान्ड स्काईवेलको आधिकारिक बिक्रेता परिवर्तन गरेको हो।
जी मोटर्सले २०८१ को सुरुवातमै स्काईवेल ब्रान्डलाई नेपाल भित्र्याएको थियो। अहिले स्काईवेलका नेपाली बजारमा बीई११ का दुई भेरिएन्ट र ईटी ५ गरी स्काईवेलका दुई मोडल तीन भेरियन्टमा उपलब्ध छन्। यी ईभीले ४१०, ५२० र ६२० किलोमिटर रेन्ज दिने कम्पनीले दाबी गर्दै आएको छ।
बजारमा यस ब्रान्डअन्तर्गतको इलेक्ट्रिक एसयूभी निकै चर्चामा छ। त्यस्तै कम्पनीले चिनियाँ ब्रान्ड जुनयाओ ब्रान्डका गाडी पनि बिक्री गर्दै आएको छ।
एलआरआर मोटर्सले बीई ११ लाई नाडा अटो शोमा नयाँ मूल्यमा सार्वजनिक गर्ने तयारी गरेको छ। जी मोटर्सले स्काईवेल ईटी-५ ९९ लाख रुपैयाँ मूल्य निर्धारण गरी बिक्री गर्दै आएको छ भने बीई ११ का स्ट्यान्डर्ड रेन्ज भेरिएन्ट ६५ लाख ९० हजार र लङ रेन्ज भेरियन्टको ७४ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ।
स्काईवेलको उत्पादक कम्पनीले नेपालका लागि एलआरआर मोटर्सलाई नयाँ आधिकारिक डिलरसिप प्रदान गरेको छ। यस सम्झौतासँगै अब नेपालभर स्काईवेल ब्रान्डका लोकप्रिय प्रिमियम इलेक्ट्रिक एसयूभी आगामी नयाँ मोडलहरूको बिक्री–वितरण तथा बिक्रीपछिको सेवा एलआरआर मोटर्सले सम्हाल्ने छ। एलआरआरले गाडी आउनुअघि नै पार्टस् अर्डर गरिसकेको जनाएको छ।
नेपाली बजारमा एलआरआर मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्डका ईभी बिक्री-वितरण गर्दै आएको छ। कम्पनीले सबैभन्दा सुरुमा बीएडब्लूका ब्रम्बी ह्याचब्याक नेपाली बजारमा ल्याएको थियो। शहरी क्षेत्रका लागि उपयोगी र किफायती मूल्यमा बिएडब्लुको ब्रम्बी ह्याचब्याक बिक्री भइरहेको छ।
कम्पनीले बिएडब्लुपछि चिनियाँ ईभी जिली भित्र्याएको हो। कम्पनीले जिलीको इएक्स५ प्रो र इएक्स म्याक्स दुई भेरियन्टमा बिक्री गर्दै आएको छ। बजारमा यस ब्रान्डअन्तर्गतको इलेक्ट्रिक एसयूभी निकै चर्चामा छ। त्यस्तै कम्पनीले चिनियाँ ब्रान्ड जुनयाओ ब्रान्डका गाडी पनि बिक्री गर्दै आएको छ।