काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत आयोजनाबाट २ महिनाभित्र बिजुली बल्ने भएको छ । हालसम्म आयोजनाको काम लगभग सकिएको छ ।
कोरोना भाइरस महामारीले आयोजनाको काम प्रभावित हुँदा लक्ष्यभन्दा ढिलो गरी विद्युत उत्पादन सुरु हुन लागेको माउन्टेनले जनाएको छ ।
यो पनि पढ्नुस
माउन्टेन इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
नेपाल विद्युत प्राधिकरणले २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनको दाना–कुस्मा खण्डको काममा गरेको ढिलाइले बिजुली उत्पादन पछि धकेलिन पुगेको हो कुनै अवरोध नहुने हो भने उत्पादन सुरु गर्न २ महिना जति लाग्ने कम्पनीका सञ्चालक डोलराज शर्माले जानकारी दिए ।
आयोजनाले उत्पादन गर्ने विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ४ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरेको छ । आयोजना प्रतिमेगावाट १४ करोड रुपैयाँ रहेको छ ।
यो पनि पढ्नुस
माउन्टेन इनर्जीले बनाएको आयोजना सस्तो, मिस्ट्रीको प्रतिमेगावाट लागत १४ करोड
यो आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी एक्सप्रेस, लोमस ग्रुपलगायत प्रतिष्ठित व्यवसायिक प्रतिष्ठानको लगानी छ । नविल बैंकको अगुवाइमा आयोजनामा आधा दर्जन बैंक तथा वित्तीय संस्थाले ४ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेका छन् ।
कम्पनीले आयोजना प्रभावित स्थानयिबासिन्दालाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गरिरहेको छ । यसपछि सर्वसाधारणलाई आईपीओ निष्कासनको तयारी कम्पनीको छ ।
यसैगरी कम्पनीले नुवाकोटको तादीखोलामा ५ मेगावाटको तादी खोला जलविद्युत आयोजना निर्माण गरेको थियो । तादीखोला निर्माण सम्पन्न भई प्रसारण प्रणालीमा जोडिएको छ ।