काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर कारोबारमा सुरुदेखि नै उछाल आएको छ । कारोबार रकमले पनि विगतको रेकर्डलाई तोडेको छ । सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ रेकर्ड कायम गरेको छ । यद्यपी, बजार घटाउन र बढाउन तिब्र रस्साकस्सी देखिन्छ ।
विगतमा सेयर किनेर बसेकाहरु बढेको बजारबाट छिटो नाफा बुक गर्न खोजिरहेका छन् भने नयाँ लगानीकर्ताहरु बजार अझै बढ्ने विश्वासमा लगानी खन्याइरहेका छन् । त्यसको प्रभाव नेप्सेको कारोबारमा प्रष्ट देखिन्छ । आइतबार कारोबार खुलेपछि बढ्न थालेको बजार आधा घण्टामा उच्च बिन्दू १९३८ अंकमा पुगेको थियो ।
यो पनि हेर्नुहोला
दिनप्रतिदिन चम्कँदै सेयर बजार, पुरानो रेकर्ड तोड्ने लयमा
तर, मध्यान्नह १२ नबज्दै २४ अंकको गिरावट आई सूचक १९१४ मा झरेको थियो । त्यसपछि फेरी बढ्न थालेको बजारले १ बज्दा उच्च अंक १९७०.७६ मा छोएको छ । त्यसपछि बजार पुनः ओरालो लाग्दै ३० अंकको गिरावट आई साँढे १ बजार १९४० मा झर्यो । त्यसपछि फरी बजार ७५ अंक बढेर नेप्से परिसूचक १९६८ अंकमा पुगेको छ ।
गत साताको ७ अर्ब ६१ करोड रुपैयाँको रेकर्डलाई तोड्दै ९ अर्ब २२ करोड रुपैयाँ भन्दा बढी रकमको सेयर कारोबार भएको छ । यो ऐतिहासिक कारोबार हो । खासगरी लगानीकर्ताहरु बैंकिङ समूहमा झुम्मिएपछि बजारले गति लिन थालेको हो । लगानीकर्ताहरुले विगतमा बजार बढेपछि बैंकिङ समूहमा वृद्धि नभए टिकाउन नहुने बताउँदै आएका थिए ।
यो पनि हेर्नुहोला
बैंकिङ समूहको सेयर मूल्यमा वृद्धि नआएसम्म बजार टिकाउ हुँदैनस् छोटेलाल रौनियारको विचार
केही दिनदेखि बैंकिङ सूचकमा निरन्तर वृद्धि भइरहेको छ । जसले गर्दा सेयर बजारको उचाइ र कारोबार रकम वृद्धिमा सहयोग पुगेको छ । आईतबार १६ कम्पनीहरुको ९ प्रतिशतब भन्दा बढीले सेयर मूल्य बढेको छ ।
त्यसमध्ये १३ वटा बैंकिङ वाणिज्य बैंकहरु छन् । नेप्सेमा २६ वटा बैंक सूचिकृत छन् । बजार पुँजीकरणका हिसावले बैंकिङ समूहको हिस्सा ५० प्रतिशत बढी छ । लगानीका अन्य क्षेत्रहरु खुम्चिरहेका बेला लगानीकर्ताहरुले सेयर बजारलाई आफनो लगानीको माध्यम बनाएका छन् ।
खासगरी ओरालो लागिरहेको ब्याजदर बजार बढ्ने चक्र सुरु हुनु, कोभिडको असर अपेक्षाकृत कम भएको जनमानसमा महशुस हुनु, सरकारले आर्थिक क्रियाकलापलाई निरन्तरता दिनु रेमिट्यान्स आप्रवाहमा सकरात्मक वृद्धि देखिनु आयातमा कटौती र निर्यात व्यापारमा सुधार हुनु र सूचिकृत कम्पनीहरुको पहिलो त्रैमाशिक वित्तीय विवरण सोचेको भन्दा राम्रो आउनु यसले सेयर कारोबार र सूचक बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
यो पनि हेर्नुहोला
ब्रोकर कमिसन घटाउ, नियमन बढाउ
तर, पनि लगानीकर्ताहरुले ब्रोकर कमिसन उच्च भएको भन्दै आक्रोश पोखिरहेका छन् । पुँजीबजार सुधारका आयामहरुलाई निरन्तरता दिनुपर्ने, इन्ट्रा डे कारोबार सुरु गर्नुपर्ने नेप्से र ब्रोकरको मिलेमतको अनाहकमा क्लोजआउटमा लगानीकर्तालाई पारेर अनावश्यक बोझ थपिरहेको भन्दै त्यसलाई हटाउनु पर्ने व्यवस्था जस्ता मागहरु पनि निरन्तर उठाइरहेका छन् ।
आइतबार बैंक, विकास बैंक, जलविद्युत्, वित्त, लघुवित्त, जीवन बिमा र म्युचअल फण्ड परिसूचक बढेको छ । यस्तै होटल, व्यापार, उत्पादनमूलक र निर्जीवन बिमा समूहको सेयर मूल्य घटेको छ ।
आइतबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी सेयर किनबेच भएको छ । नेपाल रिको प्रतिकित्ता १ हजार ३७१ मा ५१ करोड ७९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
यो पनि हेर्नुहोला
ब्रोकर कमिसन घट्छ, कति र कहिले भन्ने सवाल होस् बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानासँगको वार्ता
यसैगरी कुमारी बैंकको ३०३ मा ४० करोड ८० लाख र नबिल बैंकको १ हजार १८५ मा ३३ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।