काठमाडौं । चुत्तापुँजी बढाउन नेपाल स्टक एक्सचेन्ज ( नेप्से) लिमिटेडमा सुचिकृत एक दर्जन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । ती कम्पनीले ६ अर्ब ४ करोड ७४ लाख रुपैयाँ बराबरको ६ करोड ४ लाख ७६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन ।
एक दर्जन मध्ये मुक्तिनाथ विकास बैङ्क र युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन गर्न अनुमति पाएका छन् । मुक्तिनाथले २० प्रतिशत अर्थात ६१ करोड २९ लाख ५२ हजार रुपैयाँ बराबरको ६१ लाख २९ हजार कित्ता निष्कासन गर्ने छ ।
पुँजीगत आधार बढाउन हकप्रद सेयर निष्कासन गर्न लागेको बैङ्कले जनाएको छ । हकप्रद बाँडफाँडपछि मुक्तिनाथको पुँजी बढेर ३ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । हाल २ अर्ब ६० करोड रुपैयाँ छ । सुचि हेर्न यहाँ क्लिक गर्नुहोस
यस्तै युनाइटे इन्स्योरेन्सले १२४ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । युनाइटेडले चुत्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । नियामक बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको पुँजी न्युनतम १ अर्ब रुपैयाँ तोकेपछि हकप्रदबाट कायम गर्न लागेको हो ।
यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २० प्रतिशत अर्थात १६ करोड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७० प्रतिशत अर्थात ८८ करोड ७४ लाख रुपैयाँको निष्कासन गर्न लागेको हो । जलविद्युतमा लगानी जुटाउन हाइड्रो इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एआईडीसीएल) पनि हकप्रद निष्कासन गर्न वोर्डमा पुगेको छ ।
लगानी जुटाउन अपी पावर कम्पनीले २०० प्रतिशत अर्थात २ अर्ब २८ करोड ८० लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । आवेदन दिएको लामो समय बितिसक्दा पनि धितोपत्र बोर्डले अपीलाई हकप्रद निष्कासन गर्न स्वीकृति दिएको छैन । नाग्दी गुप्र लिमिटेडले पनि ३० प्रतिशत अर्थात १६ करोड ६६ लाख रुपैयाँको हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
श्रीराम सुगर मिल्स लिमिटेडले पनि ३०० प्रतिशत अर्थात ८९ करोड रुपैयाँ बराबरको हककप्रद सेयर निष्कासन गर्न लागेका हुन । गत आर्थिक वर्षमा धितोपत्र बोर्डले विभिन्न १९ कम्पनीलाई ५ अर्ब ८७ करोड ७१ लाख रुपैयाँ बराबरको ५ करोड ८७ लाख ७१ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको थियो ।