काठमाडौं । व्यवस्थायिक योजना नभएको र प्रतिफल धेरै कम दिने भन्दै संस्थापक लगानीकर्ता कर्मचारी सञ्चय कोषले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) मा थप लगानी नगर्ने भएको छ ।
कोषले व्यवसायिक योजना, प्रतिफल, लगानीलगायत ६ ओटा विषयमा स्पष्ट पार्न पत्राचार गरेकोमा एचआईडीसीएलबाट सन्तोषजनक प्रतिक्रिया नपाएकाले लगानी नगर्ने मनस्थितिमा पुगको कोषको वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले क्यापिटल नेपाललाई बताए ।

कोष सञ्चालक समितिले औपचारिक निर्णय नगरेको उनले स्पष्टपारे । एचआईडीसीएलको व्यवसायिक योजना हेर्दा लगानी गरेर प्रतिफल ज्यादैै पाइने उनको भनाई छ ।
सञ्चालनमा आएको ८ वर्षमा कम्पनीले औसत ३.६ प्रतिशत र आगामी ५ वर्षमा साढे ५ प्रतिशत भन्दा बढी प्रतिफल दिन नसक्ने गौतमले ठोकुवा गरे । बैङ्कमा राखेको ब्याजबाट नाफा गरेको उनको भनाई छ । यो अवस्था जारी रहे आगामी ५ वर्षमा ७ अर्ब रुपैयाँ भन्दा लगानी गर्न नसकिने उनको तर्क छ ।

३० प्रतिशत स्वामित्व लिएका सञ्चय कोषका अतिरित्त नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले अब एचआईडीसीएलमा ३ अर्ब ३० करोड रुपैयाँ बारबरको हकप्रद सेयर खरिद गर्नुपर्ने हुन्छ । ३ ओटा संस्थाको ३०, सरकारको ५० र सर्वसाधारणको २० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ ।
सरकारले गत वर्ष नै ५ अर्ब ५० करोड रुपैयाँ थप लगानी गरेको छ । बाँकी ३ ओटा संस्था र सर्वसाधारणबाट २ अर्ब रुपैयाँ लगानी जुटना बाँकी छ । ३ ओटा संस्थाले थप लगानी गरेपछि मात्र सर्वसाधारणलाई हकप्रद सेयर निष्कासन गर्न पाइन्छ ।
सञ्चय कोष, लगानी कोष र बीमा संस्थाले खरिद नगरेसम्म सर्वसाधारणलाई हकप्रद निष्कासन गर्न नपाइने व्यवस्था छ । सञ्चय कोषले लगानी नथपेपछि नागरिक लगानी र बीमा संस्थानले पनि निर्णय गरेका छैनन ।

एचआईडीसीएलले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । लगानीको क्षमता विस्तार र पुँजीगत आधार बलियो बनाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
३ ओटा संस्थाले लगानी गरेमा एचाआईडीसीएलको पुँजी बढेर २२ अर्ब रुपैयाँ पुग्ने छ । यो गत आर्थिक वर्षसम्मको हो । गत आर्थिक वर्षमा गरको नाफाबाट बोनस सेयर वितरण गरे पुँजी थपिने छ । यो वर्ष कम्पनीले ५ प्रतिशत हारहारीमा प्रतिफल दिन सक्नेछ । गत वर्ष ८६ करोड रुपैयाँ खुदनाफा गरेको छ । यो वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत सम्म बोनस सेयर दिने संभावना छ ।
एचआईडीसीएलले जलविद्युतमा लगानी गर्नका लागि पुँजीगत आधार बलियो बनाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासन गरेर चुत्तापुँजी २० अर्ब रुपैयाँ पुर्याउन निर्णय गरेको थियो ।
पुँजी बढाउन २०७५ साउनकोे दोस्रो साता बसेको एचआईडीसीएलको १७० औं सञ्चालक समिति बैठकले ऊर्जामा लगानी बढाउन १०० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको थियो ।
हकप्रद नकिने नयाँ लगानीकर्ता भित्राउने
पुँजी थप गर्न सञ्चय कोष र लगानी कोष र बीमा संस्थानलाई पटकपटक पत्राचार गर्दा पनि यसतर्फ चासो नदेखाएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छविराज पोखरेलले बताए । एक वर्षदेखि थप लगानीका लागि आग्रह गर्दा पनि उनीहरुले निर्णय नगरेको पोखरेल बताउछन् ।
उनीहरुलाई अन्तिम ताकेता गरिरहेको बताउदै नआए नयाँ लगानीकर्ता भित्राएर पुँजी बढाउने पोखरेलले जानकारी दिए । नदिने भए सञ्चालक समितिबाट पुँजी नथप्ने निर्णसहितको पत्र पठाउन भनेको उनले बताए ।
दुई संस्थाले लगानी थपेपछि एचआईडीसीएलको पुँजी बोनस सेयर समेत गरेर २२ अर्ब रुपैयाँ पुग्ने छ । दुबै कोषले पुँजी नथपेपछि २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्न नपाएको उनले जानकारी दिए ।
सरकारका तर्फबाट अर्थ मन्त्रालयले २ अर्ब, जलस्रोत तथा ऊर्जा तथा सिंचाइ मन्त्रालयले १ अर्ब, कानून तथा न्याय मन्त्रालयले १ अर्ब र महालेखा नियन्त्रकको कार्यलयले १ अर्ब रुपैयाँ थप लगानी गरेका छन ।
गत वर्ष ८६ करोड नाफा
एचआईडीसीएलले गत आर्थिक वर्ष ०७५/०७६ मा ८६ करोड रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले बैङ्कमा राखेको निक्षेपको ब्याज र लगानी ब्याजबाट गरी सो रकम नाफा गरको हो ।
सो मध्य ४० करोड रुपैयाँ लगानीको ब्याजबाट आम्दानी गरेको सीईओ पोखरेलले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा कम्पनीले गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको थियो ।