काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
बैंकले स्याङजा जिल्लाको पुतलीबजार नगरपालिका १२, पेल्काचौर, कपिलवस्तु जिल्लाको शिवराज नपा–१, शिवपुर, कपिलबस्तु जिल्लाकै बुद्घभुमि नपा–९, बिजगौरी, कन्चनपुर बेलौरी नपा–३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गापा–६, हुटी र जिल्ला कै मलिकार्जुन गापा–६, उकुमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ । ग्राहक सेवा केन्दको रुपमा संचालित शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स साथै कर्जा आवेदन समेत दिन सकिने छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।
बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैंकिङ सेवासमेत गरी जम्मा ३०१ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्णबैंकिङ सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ ।